भ्रष्ट इन्जिनियरलाई कालोमोसो र जुताको माला

चितवन: असोज !, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुगांनामाथि माथि कालोमोसो दलेका छन् । जनकारबाही तिब्र बनाएको बताउने विप्लव पार्टी कार्यकर्ताले रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुगांनामाथि कालोमोसो दलेका हुन् । आइतबार बिहान आफ्नै कार्यकक्षमा रहेका ढुंगानामाथि विप्लव कार्यकर्ताले मोविल खन्याएका हुन् ।

ढुंगानाले भ्रष्टाचार गरेकाले कारबाही गरिएको नेकपाद्धारा कार्यालय परिसरमा छाडिएको पर्चामा उल्लेख गरिएको छ । उनिमाथि परियोजना र संस्थागत बजेट पारिदिने नाममा कमिसन खाने गरेको, घरजग्गा र बाटोको सिफारिस गरेवापत सेवाग्राहीबाट कमिसन लिने गरेको लगाएतका आरोप लगाइएको छ ।

माफियाहरुसङ्ग मिलेर घोल र एेलानी जग्गा दलालको नाममा नामसरी गर्ने, भुमाफियासङ्ग मिलेर सुकुम्बासी बस्तीमा आतंङ्क मच्चाएको पर्चामा उल्लेख गरिएको छ । पछिल्लो केही दिनयता विप्लव कार्यकर्ताले कालोमोसो आतंकलाई तिब्रता दिईरहेका छन् । उनीहरुले विभिन्न सरकारी कार्यालयका कर्मचारीमाथि विशेष निशाना बनाईरहेका छन् ।