आफ्ना कार्यकर्ता विना शर्त नछोडे चर्को मूल्य चुकाउनु पर्ने नेता पौडेलको चेतावनी

काठमाडौं : असोज २, नेपाल कम्युनिस्ट पार्टी, जनकपुर ब्युरोले आफ्ना कार्यकर्ता गिरफ्तारीको विरुद्ध सरकारको भत्र्सना गरेको छ । आइतबार साँझ सो पार्टीका जनकपुर ब्युरो इन्चार्ज सन्देशले वक्तव्य जारी गर्दै आफ्ना कार्यकर्ता विनाशर्त नछोडे दलाल सरकारले चर्को मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।

वक्तव्यको पूर्णपाठ– नेपाल कम्युनिस्ट पार्टीले दलाल संसदीय व्यवस्थाको स्थानीय तहको चुनाव खारेजी अभियान सञ्चालन गरिरहेको सर्वविदितै छ । तेस्रो चरणको २ नम्बर प्रदेशको चुनाव देश र जनताको निम्ति औचित्यपूर्ण नरहेको भन्दै हिडेका हाम्रो पार्टीका दर्जनौं नेताकार्यकर्तालाई गिरफ्तार गरेको घटनाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

त्यसक्रममा केन्द्रीय सदस्य देवनारायण शाह, कार्यालय सचिव राजु कार्की, महोत्तरी सेक्रेटरी रुपेश, धनुषा इन्चार्ज आदम कवारी, सिरहा इन्चार्ज लक्ष्मण पौडेल, महोत्तरी सेक्रेटरी पवन महतो, अखिल नेपाल भूमिहीन सुकुमबासी संघका केन्द्रीय उपाध्यक्ष तथा महोत्तरी जिल्ला सदस्य मोहमद सहनी, महोत्तरी जनसरकार प्रमुख वशिष्ठ मिश्रलगायत १७ जनालाई गिरफ्तार गरेको छ ।

हाम्रो पार्टी केन्द्रीय सदस्य देवनारायण शाहलगायत १७ जनाको गिरफ्तारीको भत्र्सना गर्दछ । उनीहरुलाई विनाशर्त तत्काल रिहा नगरिएमा चर्को मुल्य चुकाउनु पर्ने चेतावनी पनि दिन चाहन्छ ।

by the help of eratokhabar.com