भ्रष्ट चुडामणि शर्माको घरमा बम विस्फोट

काठमाडौं ः असोज २, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारी प्रमाणित गरेका निलम्बित आन्तरिक राजस्व विभागका महानिर्देशक तथा कर फछ्र्यौट आयोगका सदस्यसचिव चुडामणि शर्माको घरमा विस्फोट भएको छ ।

बूढानिलकण्ठमा रहेको घरमा गएराति परिचय नखुलेको समूहले विस्फोटक पदार्थ पड्काएको प्रहरीले जनाएको छ । विस्फोटबाट घरको गेटमा सामान्य आगलागी भएको बूढानिलकण्ठ प्रभागका प्रहरी नायब निरीक्षक सुमन बानियाँले उज्यालोलाई जानकारी दिनुभयो ।

घटनास्थलमा विजुलीको तारलगायत र अन्य केही वस्तु फेला परेको उहाँले बताउनुभयो । शर्माले कर फछ्र्यौट आयोगमा रहँदा ११ अर्ब रुपैयाँ कर छुट दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।