सोलुखुम्बु–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको अध्यक्षमा फुर्वा तामाङ

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति अन्तर्गत सोलुखुम्बु–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको चौथो जिल्ला भेलाले फुर्वा तामाङको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

आइतबार काठमाडौं स्थित बागबाजारमा उक्त भेला भएको हो । कार्यसमितिका सदस्यहरुमा उपाध्यक्ष राजन राई, जितेन राई, सचिव सरस्वती कार्की, सहसचिव जीवन राई, कोषाध्यक्ष दिनेश राई, सदस्यहरु खिलराज राई, दोर्जे वम्जन, धन राई, कुमार खड्का, सरद राई रहेका छन् ।
कार्यक्रमको प्रमुुख अतिथि सोलुखुम्बु सेक्रेटरी महन राईको उपस्थिति थियो भने अतिथिहरुमा सम्पर्क मञ्चको केन्द्रीय महासचिव हिरा शाही,हरि श्रेष्ठ, केदार थापा, राजु कार्कीको पनि उपस्थिति रहेको थियो ।