भ्रष्ट, घुस्याहा ठेकेदार नेपाल कम्युनिस्ट पार्टीको फन्दामा

दाङ  : असोज नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ठेकदार पदम शर्मालाई कालोमोसो दलेको छ । सडक निर्माणको ठेक्का लिएका उनले चार वर्षहुँदा पनि सडक निर्माण निर्माण नगरेको र जनताको व्यापक गुनासोपछि कारवाही गरेको नेपाल कम्युनिस्ट पार्टी दाङले जनाएको ले जनाएको छ ।

कान्सुराम निर्माण सेवा कम्पनीका स्थानीय ठेकेदार पदम शर्मा घोराही कटुवा खोलादेखी तुलसीपुर चोकसम्म बाटो फराकिलो पार्ने जिम्मा लिएका थिए ।

बाटो निर्माण कार्य सम्पन्न नहुँदा घोराही बासिन्दा तथा यात्रुहरु लामो समय धुलाम्मे भएर सास्ती भोग्नुपरेको व्यापक जनगुनासो आएपछि उक्त बाटोको जिम्मा लिएका ठेकेदारलाई कालोमोसो दलेको नेकपा दाङले जनाएको छ ।

सडक निर्माण ढिलाई हुनुमा सडक डिभिजन र घोराही नगरपालिकाको समेत लापारबाही भएकोले सम्बन्धित पक्ष सबैलाई सचेत बन्न र निर्माण कार्य छिटो सम्पन्न गर्न चेतावनी समेत दिएको छ ।