राजधानीको मुटु लाजिम्पाट मै भेटियो बम, सर्वसाधारण त्रसित

काठमाडौं: असोज ९, काठमाडौंको लाजिम्पाट होटल सांग्रिला अगाडि बम भेटिएको एभरेस्ट दैनिकले जनाएको छ । आइतबार राती ९ बजेतिर निलो झोलाभित्र अज्ञात समूहले राखेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । बम राखिएको फेला परेपछि प्रहरीले आसपासको क्षेत्र सिल गरेर सेनाको टोलीलाई खबर गरेको थियो ।

सो सुतली बम भएको र सेनाले निष्कृय पारेको प्रहरीले जनाएको छ । बम भेटिएपछि त्यस क्षेत्रका स्थानीय त्रसित भएका थिए । बम राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।