अमेरिकी हठले कोरिया स्वयंम् आफ्नो र वासिङ्गटनलाई नाश गर्ने जोखिम उठाउन सक्छ : चीन

काठमाडौं : असोज १२, अमेरिका र उत्तर कोरिया बिचको तनावपुर्ण सम्बन्धको बारेमा चीनले चिन्ता व्यक्त गरेको छ । चिनिया सरकारी समाचार संस्था ग्लोबल टाईम्सले अमेरिकाको रुखो स्वभावका कारण उत्तर कोरियाली नेता किम जोङ उनले स्वयंम् कोरिया वा वासिङ्गटनलाई नास पार्न सक्ने कदम उठाउन सक्छन् त्यसकारण अमेरिकाले उसलाई चिड्याउनु भन्दा परमाणु कार्यक्रम निसस्त्रिकरण गर्न सहमत गराउनु पर्ने कुरामा जोड दिएको छ ।

त्यस्तै अमेरिकाले हालै मात्र गरेको नाकाबन्दी सुंयुक्त राष्ट्रसंघको इस्प्रिट बिरुद्ध रहेको समेत सो पत्रिकाले बताएको छ । हामी कोरिया र अमेरिकाको बारेमा एकदम चिन्तित छौ । वासिङ्गटनले उत्तर कोरियालाई कि आत्म समर्पण र पुर्ण तबाही भन्ने बिकल्प मात्र राख्नु हुन्न ।

यसको अर्थ कोरियन नेताहरुलाई पनि  त्यही नै हुन्छ भन्दै कुटनीतिक भाषा प्रयोग गरेको छ । त्यो भन्दा उत्तम उपाय अमेरिकाले हठ त्यागेर वार्तामा जानु पर्ने चीनले सुजाव दिएको छ ।