समकालीन पुँजीवादको अध्यन गर्नुपर्छ तर माक्र्सवादबाट बिचलीत हुनु हुदैन : सि जिनपिङ

काठमाडौं: असोज १४, चिनिँया राष्ट्रपति सिजिन पिङले चिनिया कम्युनिस्ट पार्टीको राजनीतिक व्युरो (पोलिट व्युरो)को बैठकमा बोल्दै समय र समाज बिकसित भईरहे पनि माक्र्सवादका बिचारहरु अहिले पनि उतिक्कै सत्य र महत्वपुर्ण रहेको बताएका छन् ।

उनले अगाडी भनेका छन् यदि हमी माक्र्सवादको मार्ग निर्देशक सिद्धान्तबाट बिचलित भयौ भने हाम्रो पार्टीले आफ्नो प्राण गुमाउने छौ । त्यसकारण हामी माक्र्सवादका मार्ग निर्देशक सिद्धन्तमा अडिग रहनु पर्छ ।

त्यस्तै उनले अगाडि भनेका छन् पार्टी आधारभुत रुपमा माक्र्सवादका बिचार लागु गर्ने सवालमा एक मत छ । समकालीन चीन र माक्र्सवादले यसको बिकासमा खेलेको उपलब्धी बिर्सन नहुने बताएका छन् । त्यस्तै चीनले आफ्नै बिशेषतामा समाजवादलाई अझ समृद्ध गर्नु पर्ने कुरामा जोड दिएका छन् ।

त्यसैगरी कम्युनिस्ट पार्टीका कार्यकर्ताले समकालीन पुँजीवादको अध्यन गर्नु पर्छ तर माक्र्सवाद बाट बिचलीत भएर होईन । यसका बिचारमा अझ अडिग हुनु पर्ने ईरानी सरकारी समाचार संस्था प्रेस टिभिले जनाएको छ ।