भव्यताका साथ ६८ औँ राष्ट्रिय दिवस मनाउदैँ चीन

काठमाडौं : असोज १५, महान दार्शनिक तथा चिनिँया क्रान्तिका नायक माओ त्सेतुङ्गको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको आज ६८ औ बर्ष पुरा भएको छ । यसै दिनलाई चीनले राष्ट्रिय दिवसका रुपमा मनाउने गरेको छ ।

चीनको राजधानी बेजिङको मुटुमा रहेको तेनमेन चोकमा एक लाख पन्ध्र हजार मानिस जम्मा भएर राष्ट्रिय दिवस मनाईने चिनिँया सरकारी समाचार संस्था सिन्हवाले जनाएको छ ।

सो अवसरमा चिनिँया कम्युनिस्ट पार्टीका महासचिव तथा चिनिँया राष्ट्रपति सि जिनपिङ लगायत अन्य उच्च चिनिँयाहरुकै भनाई अनुसार माओ त्सेतुङ्गले जापानी साम्राज्यवाद र चिनिँया सामन्तवादी शासक च्याङ्काई सेकका बिरुद्ध लगभग २७ बर्ष लामो लडाँई लडेर चिनिँया कम्युनिस्ट पार्टीले राज्य सत्ता कव्जा गरेको थियो ।

आज कै दिन सन् १९४९मा माओ त्सेतुङले बेजिङको मुटुमा रहेको तेनमेन चोकबाट चीन स्वाधीन राष्ट्र भएको घोषणा गरेका थिए । माओ त्सेतुङ्कै निर्माण गरेको आधारशिलामा टेकेर समग्र क्षेत्रमा चीनको प्रगती भएको चिनिँयाहरु बताउछन् । यसै अवसरमा चीनले सैन्य परेडका साथै आफ्नो सैन्य क्षमत पनि प्रदर्शन गर्नेे गरेको छ । आजको दिन बिश्वले चीनलाई नजिकबाट नियाल्ने गरेको छ ।