कारवाहीमा परे कोसी ब्युरो इञ्चार्ज नविन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले कोशी ब्यूरो इन्चार्ज राजेन्द्र कार्की ‘नविन’ लाई कारवाही गरेको छ । पार्टी नीति विपरितका गतिविधि गरेको भन्दै कारवाही एक अनलाईनले जनाएको छ । 

‘विगत केही समयदेखि पार्टीको काम जानुको साटो काठमाडौं र पूर्वका विभिन्‍न ठाउँहरुमा पार्टीविरुद्ध गतिविधि गरेका कारण कारवाही गरिएको हो’ जीवन्तले भने । पार्टीको केन्द्रीय सदस्य समेत रहेका नविनलाई निश्काशन गरेको नेकपाले जनाएको छ । कार्कीले अाजै माओवादी केन्द्रमा प्रवेशको तयारी गरेका छन् ।