जनसत्ताको अनुमति बिना कुनै काम नगर्न चेतावनी

रोल्पा: माघ १६, सधैं राज्य सत्ताको उत्पीडनका बिरुद्ध उभिदै आएको थवाङमा नेपाल कम्युनिस्ट पार्टीको जनसत्ताले स्थानीय तहले कुनै पनि काम गर्दा जनसत्ताको अनुमतिमा काम गर्नुपर्ने बताए पछि प्रतिक्रियावादी राज्य सत्ताका प्रतिनिधि तथा थवाङ गाउँपालिकाका अध्यक्ष बीरबहादुर घर्तीले आफुलाई सकस परेको बताएका छन् । घर्तीलाई पठाएको पत्रमा ‘जनसत्ताको अनुमति बिना कुनै काम नगर्न चेतावनी खिएको उनले बताएका हुन् ।

थवाङका जनसरकार प्रमुख किताब घर्ती साहासको हस्ताक्षर रहेको पत्रले यतिबेला स्थानीय तहमा निर्वाचितहरुलाई टाउको दुखाईको बिषय बनेको छ ।

माओबादी जनयुद्धकालमा स्थापना गरिएको जनसत्ता अहिले फेरी सकृय हुन थाले पछि कुनै बेला परिवर्तनका लागि भन्दै सँगै लडेको एउटा शक्तिले हिजो आफैले लेख्ने गरेको जस्तै धम्कीपुर्ण पत्र पठाउन थाले पछि निर्वाचितहरुलाई आफ्नो पद फलामको च्युरा जस्तै बन्न थालेको हो ।

२०१५ को चुनावमा सबै मत थवाङकै उम्मेदवार खगुलाल गुरुङलाई

२०३६ मा शतप्रतिशन बहुदलको पक्षमा

२०३८ मा मत नहालेकाले मतपेटिका फिर्ता पठाए

२०५१ मा ४ मत खसेको

२०५४ मा चुनावै भएन । सदरमुकामबाटै अध्यक्ष उपाध्यक्ष घोषणा भएको

२०६४ को चुनावमा ३ मत बाहेक सबै माओवादीका नेता प्रचण्डलाई

२०७० को चुनावमा एक मत पनि खसालेनन् ।

विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो समानान्तर सत्ता संचालन गरेकाले

थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीका अनुसार पत्रमा लेखिएको छ ‘प्रचण्डले जनसत्ता भंग भएको भने पनि यथावत रहेको र जनसत्ताको अनुमति विना कुनै काम काज नगर्नु । हामीलाई सोधेर मात्र काम गर्नु।’ धम्कीपुर्ण भाषाको उक्त पत्रलाई आधिकारिक रुपमा गाउँपालिकामा दर्ता गराएर राखिएको छ । जसले गर्दा एकताको नारा ओझेलमा परेको हो ।