दिग्गज कम्युनिस्ट नेता मोहनविक्रम सिंह संगको अन्तर्वार्ता

(मोहनविक्रम सिंह नेपाली राजनीतिमा परिचय गराइरहनुपर्ने नाम होइन । तीसको दशकमा उनलाई नेपालको माओ भनेर चर्चा गरिन्थ्यो । नेपालमा कम्युनिस्ट कार्यकर्ता उत्पादन गर्ने कारखानाका रूपमा रहेका हाल नेकपा (मसाल) का महामन्त्री क. मोहनविक्रम सिंह ८२ वर्षको उमेरमा पनि उत्तिकै क्रियाशील छन् । रातो खबर साप्ताहिकका लागि रामशरण न्यौपाने र चिन्तामणि घिमिरेको सहयोगमा अनिल शर्माद्वारा गरिएको […]

संघीयताको ‘अति’ ले नेपाल रहँदैन : विप्लव

भारतको नयाँदिल्लीमा गरिएको बाह्रबुँदे समझदारीभित्र नेपाल पराजयको जरा भएको दाबी गर्छन् नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’  त्यो जरा उखेल्न जनता एकपटक फेरि विद्रोहमा उठ्नुपर्ने परिस्थिति उनले देखेका छन् । आजका घटनाक्रम हेर्दा राजनीतिक शक्ति र नेताहरूले मात्रै होइन, सामान्य नागरिक, कर्मचारी, प्रहरी, सेना र बुद्धिजीवी सबैले बाह्य हस्तक्षेपको अनुभूति गरेको बताउने विप्लवसँग अहिलेको राजनीतिक […]

संसद्वादी दलका नेताहरु भारतका सुगा : विप्लव

१) देशको पछिल्लो राजनीतिक परिस्थितिलाई यहाँले कसरी हेरिरहनुभएको छ ?नेपालको पछिल्लो राजनीतिक परिस्थिति सङ्कटपूर्ण र सम्भावनायुक्त रहेको छ । सङ्कटपूर्ण यसकारणले कि संसद्वादी दलहरूको सत्ता लुछाचुँडी, भागबन्डा, भ्रष्टाचार, कालोबजारी र भारतीय विस्तारवादको हस्तक्षेपले गर्दा देश कठिन अवस्थामा पुगेको छ । सरकार र राज्यसँग कोही नागरिक पनि सन्तुष्ट छैनन् । एक प्रकारले देश विस्फोटक स्थितिमा छ […]

अन्तिम लक्ष्य केन्द्रीय सत्ता कब्जा नै हो : बरबर राव

(विरसम नायक सांस्कृतिक टोलीका संस्थापक सदस्य, भारतीय माओवादी विचारक, तेलुगुभाषी कवि राव बौद्धिक भूमिका समाज रूपान्तरणमा महत्वपूर्ण मान्छन् । सेप्टेम्बर २०१६ को समकालीन तीसरी दुनियाँबाट साभार तथा अनिल शर्माद्वारा अनुवाद गरी प्रकाशित गरिएको छ ।)१. वर्तमान हैदराबाद र वर्तमान तेलङ्गानाको विषयमा तपाईं के सोचिरहनुभएको छ ? तेलङ्गाना सरकार चन्द्रशेखर बाउछोराको सरकार हो । बाउचाहिँ एकातिर […]

नेकपा (माओवादी) ले एकीकृत जनक्रान्तिको कार्यदिशा विकास गर्दै कम्युनिष्ट आन्दोलनको नेत्रृत्व गरिरहेको छ : सन्देश पौडेल

१. नेकपा. (माओवादी केन्द्र) बाट हालसालै यहाँले विद्रोह गर्नु भयो त्यसको खाश कारण के होला ? नेकपा (माओवादी केन्द्र) वैचारिक, राजनैतिक, सांगठनिक र कार्यशैलीका हिसाबले अन्ततः संसदवादमा पतन भयो । अब त्यो पार्टीबाट व्रmान्ति र जनताको सेवा निम्ति योगदान हुनसक्ने कुनै सम्भावना देखिन्न । त्यसकारण मैले सो पार्टीबाट विद्रोह गर्नु परेको हो । २. के […]

भारतको वर्ग चरित्र अर्धसामन्ती, अर्धऔपनिवेशिक छ : बरबर राव

  (विरसम नायकबरबर राव सांस्कृतिक टोलीका संस्थापक सदस्य, भारतीय माओवादी विचारक, तेलुगुभाषी कवि राव बौद्धिक भूमिका समाज रूपान्तरणमा महत्वपूर्ण मान्छन् । सेप्टेम्बर २०१६ को समकालीन तीसरी दुनियाँबाट साभार तथा अनिल शर्माद्वारा अनुवाद गरी प्रकाशित गरिएको छ ।)१. वर्तमान हैदराबाद र वर्तमान तेलङ्गानाको विषयमा तपाईं के सोचिरहनुभएको छ ?तेलङ्गाना सरकार चन्द्रशेखर बाउछोराको सरकार हो । बाउचाहिँ […]

प्रचण्डले भारतलाई सुरक्षा परिषद् सदस्यमा समर्थन गर्नु विश्व शान्तिकै लागि हानिकारक : विप्लव

२ असोज, काठमाडौं । नेकपा (माओवादी) महासचिव विप्लवले प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् सदस्यमा गरेको भारतको दाबी प्रस्तावलाई समर्थन गर्नु विश्व शान्तिकै लागि हानिकारक रहेको बताएका छन् ।  भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डले नेपाली जनतासँग परामर्श गरी सुरक्षा परिषद् सदस्य बन्न गरिएको दाबीलाई समर्थन गरेर नेपाल र नेपालीलाई दीर्घकालीन सुरक्षा चुनौति भएको विप्लवले प्रष्ट पारेका छन् […]

सिक्किम विलयपछि बीपी चिन्तित हुनुहुन्थ्यो : विष्णु आचार्य

विष्णु आचार्य   (२०१२ सालमा माझीटार, विदुर ५ नुवाकोटमा जन्मनुभएका विष्णु आचार्य २०२७ सालमा नुवाकोटको सबैभन्दा पुरानो त्रिभुवन त्रिशूली उच्चमाविमा कक्षा १० मा अध्ययन गर्दादेखि नेवि सङ्घ हुँदै राजनीतिमा प्रवेश गर्नुभएको हो । विश्वेश्वरप्रसाद कोइरालासँग अत्यन्त नजिक रहेका आचार्य पञ्चायतीकालमा अर्जुननरसिंह केसी पञ्चायतमा र रामशरण महत अमेरिकामा रहेका कठिन दिनमा नुवाकोटमा एक मात्र पाका नेतामा […]

गीतकार विप्लव

    कसले बनायो दाजै उडी जाने बसहाम्रो देशै उठायो, हाम्रो साखै उठायोहररर उडेर नजाउन है,नबनाई कहाँ हुन्छ आफ्नै देशलाई …..  अहिले चर्चामा रहेको यो गीतका लेखक को होलान् ? गीत सुनेर यो प्रश्न गर्ने हो भने कोही ‘प्रगतिशील’ साहित्यकार वा गीतकारको नाम हाम्रो कल्पनामा आउन सक्छ । तर, यसलाई कुनै नाम चलेका ‘साहित्यकार’ले लेखेका […]

दुतहरू दुर्इ देशमा पठाइए पनि मूलत भारतका लागि हाे

१. नेपाल सरकारले दुई छिमेकी राष्ट्र भारत र चीनमा आफ्ना दुई उपप्रधानमन्त्रीलाई विशेष दूतका रूपमा पठाउनुका खास कारण केलाई मान्नुहुन्छ ? परराष्ट्रमन्त्रीबिना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसो गर्नुले यसको अदृश्य डिजाइनलाई सङ्केत त गर्दैन ? यो सरकारले मूलतः दूत पठाउनुको कारण भारतसँग गरिएका गोप्य प्रतिबद्धताहरूको सुनिश्चितताका लागि हो भत्रे स्पष्टै छ । यसप्रकारको सुनिश्चितता […]