ठूलो दल बलकासाथ थवाङ पुगेका प्रचण्ड यसरी विप्लव विरुद्ध खनिए

रोल्पाः भदौ ३१, हजारौँ शुरक्षाकर्मी र हवाईगस्तीका साथ रोल्पा थवाङ पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव विरुद्ध खनिएका छन् । उनको रोल्पा भ्रमणको पुर्व सन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीले माओवादी केन्द्र थवाङ गाउँपालिकाका अध्यक्ष बीरबहादुर घर्तीलाई अपहरण गरेको प्रशंगमा बोल्दै प्रचण्डले भने बीरबहादुर जीको अपहरण थवाङ अपहरण हो । जनताको नाममा यसरी […]

नेपाल कम्युनिस्ट पार्टी नवलपरासी जिल्ला सेक्रेटरी बिना कारण पक्राउ

काठमाडौः भदौ ३१,नेपाल कम्युनिस्ट पार्टीका नवलपरासी जिल्ला सेक्रेटरी मङलसेनलाई प्रहरिले घरमा सुतिरहेका बेला विना कारण गिरफ्तार गरेको छ । मध्यराति ३ बजे घरमा सुतिरहेको बेला उनकै घरमा आएर प्रहरीले सेक्रेटरी मङलसेनलाई घरमा छापा मामारेरनियन्त्रणमा लिएको बुझिएको छ । त्यस्तै सोही जिल्लाका सदस्य पृथ्वीलार्इ पनि प्रहरीले गिरफ्तार गरेको छ । नवलपरासी इन्चार्ज पदम केसी जुझारूले उनीहरूलार्इ […]

घरमै बसि सरकारी तलब खानेलाई कालोमोसो

नुवाकोटः भदौ३०, अखिल क्रान्तिकारीले जिल्ला दुप्चेश्‍वर गाउँपालिकास्थित इन्द्रेणी प्रावि घ्याङफेदि(६ सिसिपुका शिक्षक रामकृष्ण श्रेष्ठलाई कालोमोसो दलेको छ । विद्यालयमा नगई घरमै बसेर तलव र अन्य सुविधा खाएर राज्य कोषको दुरुपयोग गरेको, चेलीबेटी बेचबिखनमा संलग्‍न रहेकोले चेतावनी स्वरुप कालोमोसो दलेको अखिल क्रान्तिकारी नुवाकोटले बताएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले शिक्षक श्रेष्ठलाई बजारमै कालोमोसो दलेको […]

नेकपाका कार्यकर्तामाथि प्रहरीको व्यापक धरपकड

विरगञ्जः भदौ ३०, प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तामाथि अनाआवश्यक धरपकड बढाएको छ । सर्लाही, बागमती नगरपालिका शंकरपुर निवासी मोहन सहनीलाई सर्लाही प्रहरीले बुधबार राती २ बजे घरबाट बिना कारण गिरफ्तार गरेको छ । उनी नेकपा निकट सुकुमबासी संगठनका केन्द्रीय उपाध्यक्षसमेत हुन् । त्यस्तै सोही स्थानबाट स्थानीय कार्यकर्ता रामबहादुर खत्रीलाई पनि गिरफ्तार गरिएको छ […]

अज्ञात समुहको अपहरणमा परे थवाङ गाँउपालिका अध्यक्ष घर्ती

रोल्पाः भदौ ३०, नेकपा माओवादी केन्द्रका रोल्पा थवाङ गाउँपालिकाका अध्यक्ष विर बहादुर घर्ती अपहरणमा परेका छन् । उनीलाई बिहीबार राती थवाङ–२ बाट अज्ञात समुहले बोलाएर लगेको जिल्ला प्रहरी कार्याल रोल्पाका डिएसपी विरेन्द्र थापाले जानकारी दिएका छन् । थवाङ–२ बाट उँहालाई राती दुईबजे अज्ञात समुहले लगेको खुल्न आएको छ’ डिएसपी थापाले भने, ‘घट्नास्थबाट चौकी दुई घण्टा […]

भ्रष्ट मालपोत अधिकृत खगेन्द्रराज घिमिरेलाई जनपरिषदको कारवाही

काठमाडौंः भदौ २९, नेपाल कम्युनिस्ट पार्टीनिकट जिल्ला नवलपरासी जनपरिषद्ले बिहीबार मालपोत अधिकृत खगेन्द्रराज घिमिरेकै कार्यकक्षमा गएर कालो मोसो दलेको छ । स्थानीयको व्यापक मात्रामा गुनासो र उजुरी आएपछि कारवाही गरिएको जनपरिषद्द्वा नवलपरासीले जनाएको छ । कालोमोसो दलेपछि घिमिरेविरुद्ध नाराबाजी गर्दै जनपरिषद्का कार्यकर्ता बाहिरिएको प्रत्यक्षदर्शीले बताएका छन् । सुकुम्वासी आयोगले दिएको जग्गामा किर्ते कागजात बनाई श्रेष्ठता […]

राष्ट्रिय युवा जनस्वयंम्सेवको चौथो भेला सम्पन्न

काठमाडौंः भदौ २९, नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवक सुनसरीको चौथो जिल्ला भेला भब्यरुपमा सम्पन्न भएको छ । बिहिबार दुहवीमा सम्पन्न भएको भेलाले रोशन ढकालको संयोजकत्वमा १९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । कार्यक्रममा राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रीय महासचिव विवश राई, नेकपाका सुनसरी इन्चार्ज प्रज्वललगायतको उपस्थिति रहेको थियो ।

सागरनाथ वन परियोजनाको सहायक वन कार्यालयमा आगजनी

काठमाडौंः भदौ २७, सर्लाहीे सागरनाथ वन परियोजनाको सहायक वन कार्यालयमा आगजनी भएको छ । आगजनी गर्नु अघि एक समूहले कार्यालयमा रहेका कर्मचारीहरुलाई बाँधेर लडाएका थिए । सोमबार साँझ ८ ३० बजे भएको आगजनीका कारण कार्यालयमका सम्पूर्ण कागजात र फर्निचर जलेर नस्ट भएका छन् । हरिऔन नपा–६, घुर्कौलीमा रहेको सो सागरनाथ वनपरियोजनाको सहायक कार्यालयले गतवर्ष टाँगिया […]

पोखरामा राज्य आतङ्क

काठमाडौंः भदौ २७, नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी नन्दप्रसाद तिवारीलाई प्रहरीले बिना कारण पक्राउ गरेको छ । उनलाई वडा प्रहरी कार्यालय राखिएको प्रहरीले जानकारी गराएको छ । खराको सस्तोबजारमा रहेको सिलिण्डर बमलाई नेपाली सेनाले निष्कृय पारेको थियो त्यही बिषयलाई लिएर नेकपा कास्कीका ईञ्चार्ज रुपेश र सेक्रेटरी जगनले हिजो राती नै एक प्रेस विज्ञप्ति जारी गर्दै […]

ओखलढ्ङ्गा–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको प्रथम सम्मेलन सम्पन्न

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी निकट ओखलढुंगा–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको अध्यक्षमा रामकृष्ण भण्डारी को नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । कार्यसमितिले उपाध्यक्षमा हरि श्रेष्ठ, दिलु राई, निरा सुवेदी, सचिवमा विनम राई, सहसचिवमा मोहन परिवार, दिपक बस्नेत, कोषाध्यक्षमा तीलबहादुर बुढाथोक रहेका छन् भने सदस्यहरुमा ममृत खत्री, नविन पुलामी, कुमार बास्तोला, सीताराम भुजेल, डिल्ली पौडेल, तीलक […]