वनस्थलीलाई उपाधि

काठमाडौंः मंसिर २७, पाँचौं एक्सेल्सिलयर कप खेलकुद प्रतियोगितामा सिद्धार्थ वनस्थली महापञ्जुश्री र निस्ले आइतबार उपाधि जितेका छन् । फाईभ ‘ए’ साइड फुटबलको फाइनलमा सिद्धार्थ वनस्थलीले गीताञ्जली स्कुलाई १–० ले हरायो ।  क्रिस थापाको निर्णयक गोलले वनस्तली उपाधि जित्न सफल भएको हो ।

नेपालले मकाउलाई १-० गोल अन्तरले पराजित

काठमाडौं :३० कात्तिक, मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । यससँगै यू-२३ सहित उपाधिको हृयाटि्रक मात्र गरेन, पहिलो महादेशीय उपाधि पनि उचाल्यो । मलेसियाको कुचिङमा मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १-० गोल अन्तरले पराजित गरेको छ ।नेपालको जितमा सुजल श्रेष्ठले निर्णायक गोल गरे । खेलको २९ औं मिनेटमा भरत […]

निरन्तर नेपालको जीत, ब्रुनाइलाई ३–० गोल अन्तरले पराजित

काठमाडौंः कात्तिक २४, नेपाल एएफसी सोलिडारिटी कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा ब्रुनाइलाई ३–० गोल अन्तरले पराजित गर्दै नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। पहिलो हाफको इन्जुरी समयमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक सून्यको अग्रता […]

एन्फाको निर्वाचन आजै सम्पन्न

भ्रष्टाचारको आखडाको रुपमा चिनिनेअखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन आज सम्पन्न भएको छ । अध्यक्षमा कर्माछिरिङ सेर्पालाई हराउँदै नरेन्द्रलाल श्रेष्ठ निर्वाचित भएका छन्। उनले कर्मा छिरिङलाई ५ मतले पराजित गरेका हुन्। नरेन्द्र श्रेष्ठले ३६ मत प्राप्त गरे भने कर्माले ३१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। उपाध्यक्ष पदमा मणि कुँवर निर्वाचित भएका छन्।  उनले […]

नेपालको जीत

 बिहीबार, असोज २७ : आइसिसी महिला विश्वकप क्रिकेट एसियाली विश्वकप छनोटमा नेपालले हङकङलाई ६ रनले हराएको छ । हङकङको कोउलुन क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपालले आइसीसी महिला विश्वकप क्रिकेट २०१७ को एशियाली छनोटको खेलमा हङकङलाई ६ रनले हराएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ७५ रनमै समेटियो । […]

नेपालको अर्को हार

  आश्विन २३, २०७३- नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आईसीसी महिला विश्वकप २०१७ एसियाली छनोटको पहिलो खेलमा आइतबार आयोजक हङकङसँग ६ विकेटले पराजित भएको छ ।टीन क्वङ रोड रिक्रिएसन ग्रान्ड (मिसन रोड ग्रान्ड) मा टस जितेर ब्याटिङ सुरु गरेको नेपाल १९.२ ओभरमा ७७ रन बनाएर अलआउट भएको थियो । हङकङले १६.३ ओभरमा ६ विकेट गुमाएर […]

अयोग्य लडाकु मीरा गोदावरी रनिङमा पनि प्रथम

  काठमाडौँ। केही महिनाअघि फ्रान्समा आयोजना भएको अल्ट्रा म्याराथनकी विश्व च्याम्पियन मीरा राईले दोस्रो गोदावरी रनिङ फेस्टिबल दौड प्रतियोगितामा पनि पहिलो स्थान हात पारेकी छिन् । गोदावरीमा आज भएको महिलातर्फको २० किमी दौडको स्पर्धामा भोजपुर निवासी माओवादी अयोग्य लडाकु रहेकी मीराले पहिलो स्थान हात पार्न दुई घन्टा ३० मिनेटको समय खर्चेकी थिइन् । सोही समूहमा […]

खेलाडीको सम्पुर्ण राज्यले गर्ने : खेलकुदमन्त्री

  १४ भदौ, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलाडीलाई बाँच्ने आधार तयार गर्नु आफ्नो लक्ष्य भएको बताएका छन् । आज ‘४२औँ चेस ओलम्पियाड’ र ‘१६औँ पारा ओलम्पिक’मा भाग लिन जाने खेलाडीलाई बिदाइ गर्दै उनले भने, – “अब आफुले  खेलकुदलाई  सुधार गर्ने बताएका छन  यही भदौ १६ देखि २९ गतेसम्म अजरबैजानको बाकुमा हुने ‘चेस ओलम्पियाड’मा भाग लिने […]

प्रचण्डसँग भिड्न वामदेवको शर्तः दलको नेता देऊ

१६ साउन, काठमाडौं । कांग्रेस माओवादी ‘उम्मेदवार’ प्रचण्डसँग प्रधानमन्त्रीमा प्रतिस्पर्धा गर्ने कि उम्मेवार नै नदिने भन्ने टुंगो नलाग्दा एमालेभित्र सम्भावित दुई प्रत्याशीका रुपमा वामदेव गौतम र सुवास नेम्वाङ चर्चामा छन् । पार्टीमा वामदेव बरिष्ठ उपाध्यक्ष हुन् भने नेम्वाङ संसदीय दलका उपनेता । यसैबीच गौतम पक्षले प्रधानमन्त्रीमा प्रचण्डसँग वामदेवलाई प्रतिस्पर्धामा उतार्ने हो भने पहिले संसदीय दलको […]

झापाका विस्थापित परिवार घर फर्किन थाले

५ साउन, झापा । करिब एक सातादेखि झापामा परेको अविरल वर्षाको क्रम बुधबारदेखि सामान्य भएपछि केही क्षेत्रका विस्थापित परिवार घर फर्किएका छन् । आफ्नो घर जलमग्न भएपछि सुरक्षितमा सारिएका कतिपय विस्थापित परिवारहरु पानीको सतह घटेपछि घर फर्किन थालेको नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा झापाले जनाएको हो । झापाको महाभरा-४, चकचकी ८ र ४, घेराबारी-३, कनकाई-५, […]