बाढीपहिरो प्रभावितको उद्धार गर्न गएको टोली नै अलपत्र

१५ साउन, बागलुङ ।  जिल्लाको पश्चिम भेगका बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि गएकोे टोली बीचैमा अलपत्र परेको छ । ठाउँठाउँमा सडक अवरुद्ध हुँदा हिँडेको तीन दिनमा पनि टोली घटनास्थल पुग्न सकेको छैन् । नेपाली सेना, सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन, रेडक्रस, उद्योग वाणिज्य सङ्घलगायतको उद्धार टोली बिहीबार सदरमुकामबाट हिँडेको थियो । टोलीमा संलग्न जिल्ला प्रशासन […]

भारतले बाँध बनाएको बिरोधमा क्रान्तिकारी विद्यार्थीको प्रदर्शन

१५ साउन, काठमाडौं । नेपाल भारत सीमा दशगजा क्षेत्रअन्तर्गत सप्तरीको तिलाठीमा भएको घटनाको विरोधमा माओवादी केन्द्र समर्थित विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले प्रदर्शन गरेको छ । राजधानीको माइतीघर मण्डलामा शनिबार विहान क्रान्तिकारी विद्यार्थीहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले तिलाठीका स्थानीले भारतले एकतफिर्रुपमा निर्माण गरेको बाधँ भत्कार प्रतिरोध गरेको प्रति सम्मान व्यक्त गरेको प्लेकार्डहरु प्रदर्शन […]