प्रचण्ड र कांग्रेस गठबन्धन नेतृत्वकाे सरकारले भारतसंग अर्को राष्ट्रघाती सम्झाैता गर्ने

 काठमाडौं, १५ भाद्र,नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे माअाेवादीले यही भदाैं  २५ गते राजधानी काठमाडाैंमा बृहत् प्रदर्शन र सभा गर्ने भएकाे छ । पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस गठबन्धन नेतृत्वकाे सरकारले भारतसंग अर्को राष्ट्रघाती सम्झाैता   विरूद्ध विप्लव माअावादीले राजधानीमा बृहत् सभा गर्न लागेकाे हाे । कांग्रेसकाे अाडमा बनेकाे प्रचण्ड नेतृत्वकाे सरकारले साे भ्रमणमा माथिल्लाे कर्णाली, […]

नेपालबाट तराई टुक्राउने खतरनाक भारतीय ‘गेम प्लान’

    पाकिस्तानमा समातिएको भारतीय जासुस जसले  तराई  टुक्राउने  भारतको नियत सुनाए (पाकिस्तानकाे बलुचिस्तान र नेपालकाे तराइ टुक्य्राउन अाफूलार्इ जिम्मा दिर्इएकाे स्विकार गर्ने ‘रअ’काे एजेन्टले पाकिस्तानमा पक्राउ परेपछि दिएकाे बयानमा अाधारित समाचार) नेपालमा भारतको सूक्ष्म व्यवस्थापनको चर्चा, भारतको खुफिया एजेन्सी ‘रअ’का पूर्वअधिकारी आरके यादवको पुस्तक ‘मिसन रअ’मार्फत तराई टुक्र्याउने योजना सार्वजनिक हुनु र स्वतन्त्र मधेशका […]

सामाना सांझ जमलमा

  असोज ५  , काठमाडौं  , नेकपा (माओवादी) निकट सामाना सांस्कृतिक परिवारले असोज ५,६ गते आज ३ बजे  राष्ट्रिय नाचघर जमलमा विशेष सामाना सांस्कृतिक  सांझ गर्न गइरहेको सामाना सांस्कृतिक परिवारले जनाएको छ ।यो भनददा पहिले सामाना परिवाले देश व्यापी रुपमा जनताको आवजहरुलाई उठाउँदै आएको थियो ।    

संविधान संसोधनको छलफल बैङ्ककमा

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा आयोजित बैठकमा एमाले नेता भीम रावलले उपप्रधानमन्त्री विमलेन्द्र निधिमाथि आन्तरिक राजनीतिमा भारतलाई घुसाएको आरोप लगाएका छन । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधान तथा रक्षामन्त्री रावलले प्रधानमन्त्रीका विशेष दूतका रूपमा दिल्ली जाँदा निधिले संविधान संशोधनका प्रस्तावित कदमबारे विस्तृत रूपमा भारतीय पक्षसँग छलफल गरेको आरोप लगाएपछि निधिले त्यसको जबाफमा एमाले नेतृत्वको सरकारले पनि संविधानबारे विदेशीसँग […]

अयोग्य लडाकु मीरा गोदावरी रनिङमा पनि प्रथम

  काठमाडौँ। केही महिनाअघि फ्रान्समा आयोजना भएको अल्ट्रा म्याराथनकी विश्व च्याम्पियन मीरा राईले दोस्रो गोदावरी रनिङ फेस्टिबल दौड प्रतियोगितामा पनि पहिलो स्थान हात पारेकी छिन् । गोदावरीमा आज भएको महिलातर्फको २० किमी दौडको स्पर्धामा भोजपुर निवासी माओवादी अयोग्य लडाकु रहेकी मीराले पहिलो स्थान हात पार्न दुई घन्टा ३० मिनेटको समय खर्चेकी थिइन् । सोही समूहमा […]

माओवादी नेता–कार्यकर्ता माथि धरपकड

१४ भाद्र,जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्ड अहिले सरकारको नेतृत्वमा छन् । तर उनको नेतृत्व सरकारले जनयुद्धको सहकर्मी पार्टी विप्लव माओवादीप्रति दमनको बाटो अख्तियार गरिरहेको छ । देशव्यापी रुपमा विप्लव माओवादीका नेता र कार्यकर्ता गिरफ्तार भइरहेका छन् । भ्रष्ट, दलाल, कमिशनखोर र माफियाहरुका विरुद्ध विप्लव माओवादीले जनकार्वाही गरेपछि प्रचण्ड नेतृत्वको सरकार दमनमा उत्रिरहेको छ । आज […]

नेकपा (माओवादी) केन्द्रीय कमिटीको बैठक सम्पन्न

काठमाडोैं , भदौं १४ , विगत चार दिन देखि बसेको नेकपा (माओवादी) को केन्द्रीय समिती को बैठक भर्खरै सम्पन्न भएको छ । बैठकले ७ सदस्य स्थाइ कमिटी निर्वाचित गरेकोे छ । त्यस्तै समाचार स्रोतका अनसार पूर्वी कमाण्ड इन्चार्ज असारे काका , मध्य कमान्ड इन्चार्ज सन्तोस बुढामगर र पश्चिम कमाण्ड इन्चार्जमा सुदर्शन लाई जिम्मा दिएको छ […]

दु्रतमार्गबाट चुनावी खर्च निकाल्ने मोदीको योजना : राजु कार्की

राजु कार्की दक्षिण मामिलाका एक जना जानकारले एक्कासी भने “काठमाडौं–निजगढ दु्रतमार्गको निर्माण कार्यबाट भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी खर्च उठाउने योजना छ । दु्रतमार्ग भारतले निर्माण गर्न उनी जुनसुकै मूल्य चुकाउन पनि तयार हुन्छन् ।” उनले यसो भनि रहेका वेला प्रधानमन्त्रीका विशेष दुत बनेर भारत भ्रमण गएका सरकारको उप–प्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिको भारत […]

संबिधान संशोधनको माग मधेशबाट होइन, भारतबाट बाट आयो : ज्ञवाली

भक्तपुर नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले मधेशी मोर्चाले राखेको संबिधान संशोधनको माग मधेशी जनताको माग नभएर सिमापारिको माग भएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै ज्ञवालीले मधेशी मोर्चाका केही नेताहरुको ब्यक्तिगत मागलाई मधेशी जनताको माग भन्दै संबिधान संशोधन गर्नु गलत हुने र  मधेशी जनताको माग नभई केही नेताहरुकै माग स्पष्ट भएको […]

खेलाडीको सम्पुर्ण राज्यले गर्ने : खेलकुदमन्त्री

  १४ भदौ, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलाडीलाई बाँच्ने आधार तयार गर्नु आफ्नो लक्ष्य भएको बताएका छन् । आज ‘४२औँ चेस ओलम्पियाड’ र ‘१६औँ पारा ओलम्पिक’मा भाग लिन जाने खेलाडीलाई बिदाइ गर्दै उनले भने, – “अब आफुले  खेलकुदलाई  सुधार गर्ने बताएका छन  यही भदौ १६ देखि २९ गतेसम्म अजरबैजानको बाकुमा हुने ‘चेस ओलम्पियाड’मा भाग लिने […]