माओवादीको जनसभालाई बिद्यार्थी देख्ने एमालेले बन्दमा टायर बाल्न बिद्यार्थी प्रयोग गर्यो !

काठमाडौँ:  मंसिर १६, प्रचण्डले मधेशी मनाउने नाममा संबिधान संसोधनको प्रस्ताव ल्याएसंगै एमालेको अनुकुल भएको निर्वाचन क्षेत्र टुक्रिने भएपछि एमाले सडकमा ओर्लिएको छ । माओवादीले जनसभामा बिद्यार्थी प्रयोग गर्यो भन्ने र  बिद्यालय शान्ति क्षेत्र घोषणा गर्न भनेर ठूलो स्वरले कराउने एमालेले आज पश्चिम नेपालका जिल्लाहरु दाङ,प्युठान,रुपन्देही लगायतका ठाउँहरुमा टायर बाल्न ब्यापक बिद्यार्थी बालबालिका प्रयोग गरेको देखिएको […]

माओवादी ध्रुव्रीकरणको लहर ,६० भन्दा बढी माओवादीमा प्रबेश

धनकुटाः मंसिर १५, माओवादी केन्द्र, एमाले, राप्रपा, नेपाली, कांग्रेसलगायतका पार्टीबाट विद्रोह गरी सोमबार धनकुटाका विभिन्न स्थानबाट पाँच दर्जन भन्दा बढी कार्यकर्ता नेकपा (माओवादी)मा प्रवेश गरेका छन् । जितपुर गाविसस्थित जितपुर बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष माओवादीमा प्रवेश गरेका छन् । त्यसैगरी मारेकटारे गाविसका माओवादी केन्द्रा गाविस सचिव खेम पोखरेल, मारेकटारे गाविसका उपाध्यक्ष पोखमान कटुवाल, सोही गाविस […]

जनताले आन्दोलन गर्छन् सरकारले दमन गर्छ फेरी जनताले प्रतिरोध गर्छन् र अन्तिमा युद्ध हुन्छ : प्रकाण्ड

काठमाडौँ: मंसिर १४,  नेकपा (माओवादी)का स्थायी समिति सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एकपल्ट अन्तिम युद्ध हुने बताएका छन् । त्यस्तै उनले  नेकपा (माओवादी)को जन्मसँगै जनविरोधीहरु अत्तालिएको र जनतालाई ठग्नेहरु विस्तारै डराएर जनताका मुद्धाविरुद्ध बोल्ने अन्तिम प्रयास गरिरहेको प्रवक्ताको धारणा राखे । “जनजिविकाका मुद्धा उठाउँदा दलाल सरकारले दमन गर्छ गिरफ्तार गर्छ भने जनताले प्रतिरोध गर्छन् […]

विप्लवको बारेमा मिथ्या प्रचार गर्ने अनलाईनलाइ भौतिक कारवाही गर्छौ पोलिट ब्युरो सदस्य विकास

काठमाडौँः मंसिर १४,  केहि दिनअघि फुर्सद न्यज डटकमले नेकपा (माओवादी) माओवादीका महासचिव नेत्रबिक्रम चन्द विप्लवको पारिवारीक बिषयमा मिथ्या समाचार लेख्यो । जसको दावी यो थियो कि विप्लवले चन्दाको पैसाले आफ्नो छोरालाई ५० लाखको मोटर साईकल किनीदिए । यथार्थ के हो ? के प्रकाश चन्द पचास लाखको बाईकमा चढ्छन् त ? त्यसको जवाफ नेकपा माओवादीका महासचिव नेत्र बिक्रम […]

कोलम्बियाको शान्ति सम्झौतको औचित्य के ?

 माइकल डी. येट्स पुँजीवादको स्थानमा एउटा जनतान्त्रिक र समतावादी उत्पादन प्रणालीको स्थापना गुर्नछ भने त्यहाँ आधारभूत रूपमा के प्रश्न उठ्छ भने पुँजीवादबाट त्यसप्रकारको नयाँ उत्पादन र वितरण प्रणालीमा सङ्क्रमण कुन प्रकारले हुन्छ ? पुँजीवादी अर्थव्यवस्थाभित्र वैकल्पिक अर्थव्यवस्था निर्माण गर्दै गएर त्यसको दबाबमा पुँजीवादलाई कमजोर बनाउँदै लगेर त्यसलाई निषेध गर्न सम्भव छ ? मजदुर वर्गमा आधारित […]

भारतीय दलालको दबावमा पोल्ट्री फर्म

काठमाडौंः मंसिर १४, पक्षीजन्य उपभोग्य पदार्थको क्षेत्रमा निजी तवरको प्रयासका कारण नेपाल झन्डै आत्मनिर्भर स्थितिमा छ । तर भारतीय ठूलो पुँजी र बिचौलियाका कारण ठूलो दबाब झेल्नुपरेको छ । राष्ट्रिय पुँजीको रक्षा गर्ने सरकारसँग न कुनै नीति तथा कार्यक्रम छ, न त राष्ट्रिय पुँजीको रक्षा गर्नुपर्ने धारणा राख्ने पार्टीहरूसँग कुनै हस्तक्षेपकारी कार्यक्रम तथा कार्यक्रम छ […]

जनमुक्ति सेनाको बिघटन भएको छैन, जनताको साथमा छ : प्रकाण्ड

काठमाडौंः मंसिर १३, ‘ हाम्रो पार्टीले कहिल्यै जनमुक्ति सेनाको बिघटन गरेका छैन जनमुक्ति सेना अहिले पनि जनताको साथमा रहेको छ ’ यो भनाई   नेकपा (माओवादी)का स्थायी समिति सदस्य तथा प्रबक्ता प्रकाण्डको हो । त्यस्तै उनले तत्कालिन एमाओवादीले जनमुक्ति सेनाको विघटन गरेको तर आफ्नो पार्टीले विघटन नगरी जनताबीच पठाएको बताएका छन् । पार्टीले आयोजना गरेको जनसभामा […]

माओवादी कमाण्डर र प्रहरी एआईजी एकसाथ सरसफाइमा

काठमाण्डौ मंसिर १३, राष्ट्रिय युवा जनस्वयम्सेवकले राष्ट्रको लागी युवा अभियान संचालन गरिरहेको छ । कार्तिक २६ गतेबाट सुरु भएको अभियान माघ २८ गतेसम्म संचालन हुने संगठनका केन्द्रीय सचिव किरण पोखरेलले बताएका छन् । अभियान काठमाण्डौ उपत्यका लगायत देशका मुख्य शहरहरुमा संचालन भईरहेको बताइएको छ । अभियान अन्तर्गत सरसफाई, ट्राफिक जाम हटाउने, फुटपाथ ब्यवस्थित गर्ने , […]

मजदुर मारा कान्तिपुर , संयुक्त संघर्ष समितिको कान्तिपुर मिडिया ग्रुपलाई ७ दिने अल्टिमेटम

काठमाण्डौ: मंसिर १३, कान्तिपुर मिडिया ग्रुपले श्रमजीवि पत्रकार ऐन लागु नगरेको भन्दै कान्तिपुर पब्लिकेशन्स कर्मचारी संयुक्त संघर्ष समितिले कान्तिपुर मिडिया ग्रुपलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बि सं २०७२ चैत्र २९ गते ब्यवस्थापन पक्ष र कान्तिपुर पब्लिकेशन्स कर्मचारी संयुक्त संघर्ष समिति बिच ९ बँदे सहमति भएको थियो । उक्त सहमति अनुसार मजदुरहरुलाई न्यनतम पारिश्रमिक १४,४०० दिने […]

माओवादी आधार इलाका बन्दै धनकुटा

धनकुटा : मंसिर १३,  केही समय यता पार्टी महाधिबेशनको तयारीमा जुटेको नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)ले महधिबेशनको तयारी संगै देशब्यापी रुपमा आक्रमक रुपले संगठन सुदृढ अभियान थालेको छ । धनकुटाबाट प्राप्त समाचार अनुसार पछिल्लो समय माओवादीमा ध्रुबिकृत हुने क्रम तीब्र भएको छ । यसै क्रममा धनकुटा जिल्लाको जीतपुर गाबिसका चर्चित समाजसेबी तथा सो […]