देशैभरी ध्रुबिकरणको लहर, १५० बढी (माओवादी) मा प्रबेश

मकवानपुर:  पुस १३, पछिल्लो समय नेकपा (माओवादी) प्रति राष्ट्रवादी, देशभक्त, एबम् सच्चा क्रान्तिकारी जमातको बिशेष चासो बढेर गएको छ ।कसैले माओवादीको गतिबीधिलाई नजिक बाट हेरीरहेका छन् । त कोही पर्ख र हेरको आवस्था सम्म पुगेका छन् । पछिल्लो समयमा बिद्रोही पहिचान बनाएको माओवादीको कार्यक्रमले सबै प्रगतिशील राष्ट्रवादी, देशभक्त, एबम् सच्चा क्रान्तिकारीहरु आशा र सङ्काको दृष्टिले […]

तीन पार्टी जलस्रोतको मुद्धामा मात्र सिमित नरहने, समग्र राष्ट्रियता सवालमा पनि कार्यगत एकता गर्ने

काठमाडौं:  पुस १६, तीन राजनीतिक दलले आज जल स्रोतमाथिको हस्तक्षेप र राष्ट्रिय स्वाधिनता बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । सो कार्यक्रममा तीन कम्युनिस्ट पार्टीका शिर्ष नेताहरुको उपस्थिति रहेको थियो । नेकपा (माओवादी)का महासचिव नेत्र बिक्रम चन्द विप्लव त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन बैद्य किरण, नेकपा मसालका केन्दीय सचिव भीमलाल पुरी लगायतका बक्ताहरुले मन्तब्य राखेका […]

(माओवादी) को चैनपुर नगर कमिटी गठन

काठमाडौं: पुष १६, नेकपा (माओवादी) संखुवासभाले ११ सदस्यीय चैनपुर नगर समिती गठन गरेको छ । संगठन सुदृढको कार्यक्रम अन्तर्गत माओवादीले गाउँ, नगर हुदै जिल्ला सम्मेलन गरेर फागुन १ गते पार्टीको केन्द्रीय महाधिबेशन गर्ने माओवादी स्रोतको दावी छ । सो कार्यक्रमका प्रमुख अतिथी नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य तथा कोशी ब्यूरो इन्चर्ज पदम राई (बिकास) रहेका थिए […]

मजदुरका नेता किन्ने साङ्ग्रीला होटेललाई माओवादीले छापामार शैलीमा घेराउ गर्यो

काठमाडौं:  पुष १६, नेकपा (माओवादी) निकट अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी)ले साङ्ग्रीला क्यासिनोले बिना कारण ४५० जना मजदुर निष्कासित गरेको भन्दै शुक्रवार निष्कासित मजदुरहरुलाई पुनस्थापित गर्न माग राखेर होटल साङग्रीलामा बिरोध कार्यक्रम गरेको छ । करिब १०० जना हाराहारीमा आएका आन्दोलनकारीहरु छापामार शैलीमा होटेल भित्र प्रबेश गरेका थिए । होटल साङ्ग्रिलाले विगत २०७० असोज […]

एमालेको गुण्डागर्दी शैली, पार्किङ गरेको गाडीमा आगजनी

काठमाडौं: पुष १५, युवा संघका कार्यकर्ताले नयाँ बानेश्वरमा सरकारी गाडीमा आगजनी गरेको छ । बानेश्वरको अल्फाबिटा अगाडि शुक्रबार दिउँसो बा २ झ १३९२ नम्बरको सरकारी गाडीमा आगजनी भएको हो । बानेश्वर प्रहरीका अनुसार पार्किङ गरिएर सरकारी स्कर्पियो गाडीमा युवा संघका कार्यकर्ताहरुद्वारा आगजनी गरेका हुन् । युवा संघका प्रवक्ता प्रभात विक्रम कटुवालले भने आफूहरुले आगजनी नगरेको बताए […]

ओबामा लङ्गोडो हाँस भएको रुसको दाबी

काठमाडौँ:  पुस १५, ओबामा प्रशाासनले अमेरिकास्थित रुसी कुटनीतिज्ञलाई देश निकाला गरेपछि रुसको परराष्ट्र मन्त्रालयले कडा प्रतिक्रिया दिदै बाराक ओबामालाई लङ्गडो हाँस भएको बताएको छ । ओबामाको पछिल्लो कदम उसकोलागि घातक हुने रुसी अधिकारीहरुले चेतावनी दिएका छन् । यसैबीच बेलायतस्थित रुसको दूतावासले सामाजिका सञ्जालमार्फत अमेरिकी राष्ट्रपति ओबामालाई ‘लेम डक’ भनेको छ । वाशिङ्टनस्थित दूतावास र सान […]

भारतले विराटनगरमा राखेको कार्यलय हटाउने संघर्षमा सहभागी हुन तीन पार्टीको आह्वान

काठमाडौ: पुस १५, नेकपा(माओवादी), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) ले भारतले नेपालमाथि लादेका राष्ट्रघाती जलबिद्यूत सम्झौैता र बिराटनगरमा राखेको अबैधानिक कन्सुलर साँखा हटाउन जनतालाई संघर्षमा उत्रिन आह्वान गरेका छन् । तीनवटा पार्टीलृ ब्क्तब्य जारी गरी संघर्षको कार्यक्रम पनि सार्बजनिक गरेका छन् । बक्तब्यमा भनिएको छ , माथिल्लो कर्णली, अरुण तीन जलविद्युत आयोजना नेपालको हित विरुद्ध […]

जनयुद्धको झल्को दिनेगरी माओवादी जिल्ला सम्मेलन सम्पन्न

डडेलधुरा:  १४ पुस ,नेकपा (माओवादी) डडेल्धुराले जनयुद्धको झल्को आउने गरी दोस्रो जिल्ला सम्मेलन जंगल भित्र सम्पन्न भएको छ । सम्मेलनले अविनाशको नेतृत्वमा २५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज शरद सिंह भण्डारीले सम्मेलनका उद्घाटन गर्दै दलाल सत्ताबिरूद्ध संघर्षलाई जिल्लामा पनि घनिभूत पार्नु पर्ने बताए । नयाँ जिल्ला कमिटीलाई […]

सडमा ओर्लियो अखिल (क्रान्तिकारी), प्रकाश शाही र चन्द्र बुढालाई तत्काल रिहा गर्न माग

काठमाडौं: पुस १४, नेकपा (माओवादी)निकट अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियन (क्रान्तिकारी)ले आज काठमाडौंमा भ्रष्टाचार र महङ्गीका बिरुद्ध संघर्ष गर्ने क्रममा पक्राउ परेका बिद्यार्थी नेता रिहाको माग गर्दै प्रर्दशन गरेको छ । पक्राउ परेका दुबै प्रकाश शाही र चन्द्र बुढा अखिल (क्रान्तिकारी) का नेता हुन् । उनीहरुले राज्यले पनि कारवाही गर्न नसकेका महाभ्रष्ट लोकमान सिह कार्कीलाई […]

विप्लवले भने, निजी बिद्यालय निषेधको पक्षमा छैनौ तर जनवादी राज्यसत्ता स्थापनापछि बिद्यालय राज्यलाई सुम्पन तैयार हुनैपर्छ ।

काठमाडौं: पुस १४, नेकपा (माओबादी) का महासचिव नेत्रबिक्रम चन्द विप्लवले निजी बिद्यालयबारे आफ्नो पार्टीले आधिकारिक धारणा बनाउने बताएका छन् । हिजो निजी बिद्यालय संचालकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै विप्लवले आफ्नो पार्टीले दोहोरो चरित्र नदेखाउने भन्दै आधिकारिक धारणा बनाउने बताएका हुन् । कम्युनिस्ट पार्टी भन्नेहरु सत्तामा नआउदासम्म निजी बिद्यालयहरुको बिरोध गर्ने र सत्तामा आएपछि मौन बस्ने दोहोरो […]