माओवादी केन्द्रमा पहिरो जानेक्रम जारी, पचासभन्दा बढी नेकपा (माओवादी) मा प्रबेश

काठमाडौं: माघ १६, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केहि दिन अघि आफुलाई विप्लव बाट खतरा भएको बताएका थिए । तर के खतरा हो स्पष्ट भने बोल्न चाहेनन् । संम्भवतः नेकपा (माओवादी)को दिन प्रतिदिनको बढ्दो प्रभावले उनी तर्सिएका हुन सक्छन् । प्रचण्डले विप्लवबाट खतरा छ भनेको केहि दिन नबित्दै उनको पार्टी त्याग गरेर नेकपा (माओवादी) मा प्रबेश […]

प्रगतिवादी स्रष्टा अशोक सुबेदीका तीन पुस्तक लोकार्पण

काठमाडौं: माघ १६, नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य भरत बमले शनिबार सिर्जनानगरमा प्रगतिवादी लेखक तथा समालोचक अशोक सुबेदीका ३ वटा पुस्तक लोकार्पण गरेका छन् । माओवादी रामेछापको चौथो जिल्ला सम्मेलनका क्रममा उनले हितप्रसाद उपाध्याय लिखित चन्द्रवदन काव्य, लालबस्ती नियात्रासंग्रह र अशोक सुवेदीको रामप्रसादको सिसमहल कथासंग्रह लोकार्पण गरेका हुन् । पुस्तकमाथि टिप्पणी गर्दै उनले यी सिर्जनाले नेपालको प्राथमिककालीन […]

एयरपोर्टमा भारतीय सेना राख्ने सम्झौताको बिरोधमा उत्रियो माओवादी

काठमाडौं: माघ १६, नेकपा (माओवादी) उपत्यका ब्युरोले आज काठमाडौंमा प्रचण्ड सरकारले भारत संग गरेको राष्ट्रघाती सम्झौताको बिरुद्धमा प्रदर्शन गरेको छ । प्रचण्ड सरकारले केहि दिन अघि नागरिक उड्यन प्राधिकरणका उच्च स्तरीय कर्मचारीलाई भारतीय बिस्तारवाद संग नेपालको एकमात्र अन्तर्राष्ट्रिय एयरपोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा भारतीय सेना राख्न दिने सम्झौता गर्न अनुमति दिएको थिए । बिरोध सभालाई […]

रामेछाप माओवादीमा सन्तोष

अशोक सुवेदी/मन्थलीः माघ १५,  नेकपा (माओवादी) रामेछापको सेक्रेटरीमा सन्तोष कोइराला निर्वाचित भएका छन् । रामेछापको मन्थली सिर्जनानगरमा शनिबार सम्पन्न चौथो जिल्ला सम्मेलनले कोइरालाको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति चयन गरेको हो । सम्मेलन उद्घाटन र माओवादी केन्द्र, विद्यार्थी संगठन र युवा संगठनबाट ध्रुवीकरणमा आएका विद्यार्थी नेतालाई स्वागत गर्दै माओवादी पोलिटब्युरो सदस्य भरत बमले अबको क्रान्ति […]

धनुषाको जिल्ला भेला काठमाडौँमा सम्पन्न

काठमाडौँः माघ १५, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा(माओवादी) निकट धनुषा–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चको चौथो जिल्ला भेला सम्पन्न भएको छ । सो भेलाले राजेश खत्रीको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति गठन गरेका छन् । उपाध्यक्षमा दिनेश खत्री, सचिवमा निशान लामा, कोषाध्यक्षमा अमृत लामा,सदस्यहरु सन्तोश रावल, अपन लामा, अमृत तामाङ, दिपेश माझी, दिपक खत्री रहेका छन् भने […]

देश संकटमा प¥यो भन्दैमा बिदेशीलाई बझाउन मिल्दैन : विप्लव

काठमाडौं: माघ १५, नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले आज देश राणाकालीन, पञ्चायतकालीन र ४६ साल भन्दापनि सर्वाधिक संकटमा परेको बताएका छन् ।   नेपाल जनसांस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अगाडि भने आज दलाल शाषकहरुका कारण राष्ट्रियता,जनतन्त्र संकटमा छ । हाम्रो अगाडि ठूलो चुनौती छ । तर चुनौती छ भन्दैमा हामि त्यसबाट […]

जनगणतान्त्रिक सम्पर्क मञ्चको राष्ट्रिय भेला हुदै

काठमाडौँः माघ १५, नेकपा(माओवादी) निकट जनगणतान्त्रिक सम्पर्क मञ्चको केन्द्रीय समन्वय समिति, नेपालको राष्ट्रिय भेला यही माघ २२ गते काठमाडौँमा हुने भएको छ । सो भेलाको संयोजक रत्न मगरको नेतृत्वमा ३७ सदस्यीय भेला आयोजक समिति गठन गरिएको छ । सदस्यहरुमा सुरेश अधिकारी, हिरा शाही, पूर्ण श्रेष्ठ, उद्धव पौडेल, दुर्गा अधिकारी, प्रेम लामा, बुद्धि ढुङ्गाना, शुसिल वलम्पाकी, […]

नेपालमा भारतको अर्को हस्तक्षेप

काठमाडौँ: माघ १४, – इन्टरनेशनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) ले सन् १९८४ मा नेपालका लागि विन्यास गरेको अर्बिटल स्लटमा भू–उपग्रह (स्याटलाइट) जडान गर्ने प्रक्रिया अघि बढेपछि यसलाई रोक्न भारत सक्रिय भएको छ । सार्क मुलुकका सबै सदस्य राष्ट्रलाई आफ्नै अन्तरिक्ष छाताभित्र राख्नेगरी भारतले सन् २०१४ नोभेम्बरमा काठमाडौंमा भएको सार्क शिखर सम्मेलनमै ‘सार्क भू–उपग्रह’को प्रस्ताव गरेको थियो […]

माओवादीको अर्को जनकारवाही, जिल्ला शिक्षा अधिकृत खनाल परे माओवादी फन्दामा

काठमाडौं: माघ १३, शैक्षिक माफियाको छबि बनाएका मोरङ जिल्ला शिक्षा अधिकृत देबेन्द्र राज खनाललाई नेकपा (माओवादी)ले जनकारवाही स्वरुप कालोमोसो दलेको छ । पछिल्लो समय (माओवादी)ले भ्रष्ट्राचार, घुसखोरी, दलालीकरण बिरुद्ध देशव्यापी रुपमा जनकारवाही गर्दै आएको छ । मोरङ्ग जिल्ला का सिक्षा अधिकृत देवेन्द्र राज खनाललाई बुधबार उनकै कार्य कक्षमा नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीले कालोमोसो दलेको थियो […]

भ्रष्ट्रहरु माओवादी कारवाही पर्ने क्रम जारी

काठमाडौं: माघ १२, नेकपा (माओवादी)ले बाराको तनमुना गाविस सचिव हरि कुमार थापालाई कालोमोसो दलेको छ । थापालाई पटक पटक चेतावनी दिँदा समेत सेवाग्राहीलाई घुस मागेर दुखि दिइरहेकाले कालोमोसो दलेको माओवादी सुनसरीले जानकारी बताएको छ । पार्टी पुनर्गठन यता नेकपा (माओवादी) ले साना ठूला धेरै जनकारवाही गरेको छ । परिणाम स्वरुप जनता पनि क्रमश माओवादी प्रति […]