अधिवेशनको प्रचार गर्दा पक्राउ

काठमाडौँः माघ ११, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा(माओावादी) निकट जनगणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष रत्न मगरको नेतृत्वमा आठौं महाधिवेशनको प्रचार गरिरहेका बेला संगठनका अध्यक्ष मगर, केन्द्रीय सदस्यहरु नरुत्तम पाण्डे, गणेश बस्नेत र दुर्गाप्रसाद अधिकारीलाई काठमाडौं प्रहरीले रत्नपार्कबाट गिरफ्तार गरी दरबारमार्गस्थित महानगरीय प्रहरीवृत्तमा बन्दी बनाएको छ । मंगलबार विहान भएको सो घटनाको निन्दा गर्दै नेकपा (माओवादी)का नेता […]

विप्लवले भने जनघाती भारतीय सेना (एयरमार्सल) बिमानस्थलमा राख्ने सम्झौता तत्काल सार्वजनिक गर

काठमाडौं:  माघ ११, नेकपा (माओवादी)का महासचिव नेत्रबिक्रम चन्द विप्लवले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा सरकारले भारतीय हवाई सुरक्षा बल(एयरमार्सल) लाई नेपालमा बस्ने गोप्य अनुमति दिएर राष्ट्रघात र जनघात गरको बताएका छन् । ‘नेपालको एकमात्र अन्तर्राष्ट्रिय हवाई अड्डा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा भारतीय हवाई सुरक्षा बल बस्ने स्वीकृती दिएको सम्झौता भएको जानकारी आएको छ । तर हालसम्म […]

जनसांस्कृतिक साँझ जमलमा

काठमाण्डौँ: माघ १०, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिले राष्ट्रिय स्वाधीनका पक्षमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । राष्ट्रिय नाचघर, जमल,काठमाण्डौँ यहि माघ १४ गते मध्यान्ह १२ बजे सो सांस्कृतिक कार्यक्रम आयोजना हुने अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, जनाएको छ । सो कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, जनसांस्कृतिक महासङ्घ, रक्तिम सांस्कृतिक […]

प्रकाश शाहीले भने सर्वोच्च भित्र लोकमान कार्की मुर्दावाद भन्दा धेरै पत्रकारले मुर्दावाद भने तर नेकपा (माओवादी) जिन्दावाद भन्दा सबै चुप लागे

काठमाडौं: माघ १०, लोकमान सिंह कार्कीलाई जनकारवाही गर्ने अखिल क्रान्तिका केन्द्रीय सदस्य प्रकाश शाहीले अभिनन्दन कार्यक्रममा बोल्दै नेपालका मिडिया पत्रकारहरुको यथार्थ चरित्रको बयान गरेका छन् । पार्टीको योजनामा आफुहरु लोकमान सिंह कार्कीलाई कालोमोसो दल्ने क्रममा लोकमान कार्की मुर्दावाद भन्दा सबै धेरै पत्रकारहरुले मुर्दावाद भनेर आफुहरुलाई साथ दिए । त्यस्तै जनआन्दोलनका हत्यारा मुर्दावाद भनेर नारा लगाउँदा […]

माओवादीले कानुन हातमा लगेको होईन, संसदवादीहरुले लगेका हुन् : विप्लव

काठमाडौं:  माघ १०,  नेकपा (माओवादी) का महासचिव नेत्र बिक्रम चन्द विप्लवले लोकमान सिह कार्कीलाई जनकारवाही गर्ने अखिल क्रान्तिकारीका नेता प्रकाश शाही र चन्द्र बुढालाई अभिनन्दन कार्यक्रममा बोल्दै नेपालका मिडियाहरुले लोकमान कार्कीलाई जनकारवाही गरेर माओवादीले कानुन हातमा लिएको भन्ने गरेपनि माओवादीले कानुन हातमा लिएको नभई कानुन हातमा संसदवादी दलका नेताहरुले लिएको बताएका छन् । उनले भने यहा […]

दलाल राज्य सत्ताले जनताको पक्षमा काम गर्नेलाई सम्मान गर्न सक्दैन: विप्लव, यसको काम दलालहरुको संरक्षण गर्ने हो ।

काठमाडौं:  माघ ९, नेकपा माओवादीका महासचिव विप्लवले वर्तमान नेपालको दलाल राज्य सत्ताले जनताको पक्षमा काम गर्नेलाई सम्मान गर्न सक्दैन बरु यसको काम भनेको दलालहरुको संरक्षण गर्ने भएको बताएका छन् । हिजो जनताका पक्षमा काम गर्दा ठिक ग¥यौ अर्को ठाँउमा पनि गर्नु भन्ने प्रचण्डले आज राम्रो काम गर्दा हाम्रा साथिहरुलाई एक महिना जेल हाल्न निर्देशन दिएका […]

३१ सदस्यीय कार्यसमिति चयन गर्दै सर्लाहीको भेला सम्पन्न

काठमाडौँ: माघ ८, नेकपा(माओवादी) निकट सर्लाही–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चको चौथो जिल्ला भेला सम्पन्न भएको छ । भेलाले पदम मगरको नेतृत्वमा ३१ सदस्यीय कार्य समिति चयन गरेको छ । त्यस्तै भेलाले उपाध्यक्षमा गोविन्द प्रशाद पर्साइ, सचिवमा, प्रदिप फुयाल, सहसचिवमा प्रदिप कटुवाल कोषध्यक्षमा समशेर मगरलाई निर्वाचित गरेको छ । अन्य सदस्यहरुमा रुपेश सुनुवार, प्रकाश फ्युयाल, सरोज दियाली, […]

काभ्रेलीको भेला सम्पन्न, ३१ सदस्यीय कार्यसमिति गठन

काठमाडौँ: माघ ८, ने.क.पा.(माओवादी) निकट काभ्रे–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चको चौथो जिल्ला भेला सम्पन्न भएको छ । भेलाले अमृत लामाको नेतृत्वमा ३१ सदस्यीय कार्य समिति चयन गरेको छ । त्यस्तै भेलाले उपाध्यक्षमा प्रदिप गौतम, हेमबहमदुर पराजुली, जीवन साप्ककोटा, गुण बहादुर रेग्मी, सचिवमा, नकुल चौलागाई, सहसचिवमा नवराज चौलागाई, कोषध्यक्षमा विजय लामालाई निर्वाचित गरेको छ । अन्य सदस्यहरुमा वावुराम […]

लोकमानलाई कालोमोसो दल्ने बिद्यार्थी नेता रिहा : फोटो सहित

काठमाडौं: माघ ७, सर्बोच्चो अदालत परिसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त लोकमान सिंह कार्कीलाई जनकारवाही गर्ने बिद्यार्थी नेता द्धय प्रकाश शाही र चन्द्र बुढा आज रिहा भएका छन् । दुबै युवा नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन् । अदालतको अपहेलना गरेको अभियोगमा उनीहरुलाई सर्वोच्च अदालतले एक महिना कैद […]

अखिल क्रान्तिकारीमय बन्दै दाङ

दाङ:  माघ ६, नेकपा (माओवादी) निकट अखिल (क्रान्तिकारी)मा प्रवेश गर्ने बिद्यार्थीहरुको देशव्यापी रुपमा लहर चलेको छ । क्रान्तिकारीले राम्रो कार्य गर्दै आएकोले तुलसिपुरमा तेज पोखरेलको नेतृत्वमा ३५ जना बिद्यार्थीहरुले प्रवेश गरेका छन् । उद्घाटन कार्यक्रममा तेज पोख्रेलले आफू हिजो सम्म राप्ती बबई क्याम्पसमा अनेरास्ववियु को सह–सचिवको रुपमा काम गर्दै आएको र आज देखि नेकपा (माओवादी) […]