नेकपाको चुनाव खारेजी अभियान सफल हुनेभएपछि गृहमन्त्रीको राजीनामा

काठमाडौँ: बैशाख १७, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनावको सशक्त खारेज गर्ने भएपछि चुनावको मिति नजिकिदै गर्दा गृहमन्त्री निधिले आज राजीनामा दिएका छन् । पटक पटक नेपाल कम्युनिस्ट पार्टीको बारेमा बोल्दै आएका निधिलाई के खोज्छस कानो आँखा भने जस्तै राजीनामा दिन अरु निहु नपाएका उनलाई सुशिला कार्की प्रकरण भने राजीनामा दिने गतिलो […]

नेपाल कम्युनिस्ट पार्टीको नाममा चन्दा आतङ्क मचाउनेलाइ भौतिक कारबाही गरिने

काठमाडौँ: बैशाख १७, नेपाल कम्युनिस्ट पार्टीको नाममा संसदवादीदलका स्थानीय निर्वाचनका उम्मेदारहरुले जबरजस्ती चन्दा असुल्न थालेका छन् । रुकुममा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ को नामको लेटरप्याड प्रयोग गरेर चन्दा आतंक मच्चाएको भन्दै राप्ती ब्युरोले गंभीर ध्यानाकर्षण भएको जनाएको छ । राप्ती ब्युरो इन्चार्ज सुवासले आफनो पार्टीलाई बदनाम गर्न कांग्रेस, एमाले र माओवादी केन्द्रको […]

नेपाल कम्युनिस्ट पार्टीले झापा र मकवानपुरको स्थानीय निकाय कब्जा, पार्टीको जनसत्ता लागु

काठमाडौँ: वैशाख १७, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापा जिल्लामा दर्जन गाउँपालिकाहरुमा आक्रमण गरि गाउँपालिकाको बोर्डहरु फालेर स्थानीय जनसरकारको कार्यालय स्थापना गरेको झापा जिल्ला समितिले जनाएको छ । सो पार्टीका मेची ब्युरो प्रवक्ताले आफुहरुले गरिरहेको स्थानीय जनसत्ताको निर्वाचनमा हजारौं जनाताहरु प्रत्यक्ष सहभागी हाम्रा जनप्रतिनिधिहरुलाई चयन गर्न सफल भएको अझै अन्य स्थानमा स्थानीय जनपरिषद्को कार्यलय […]

उत्तर कोरियाको पक्षमा उभिए रुस र चीन, शैन्य कारबाही नगर्न अमेरिकालाइ चेतावनी

काठमाडौ: बैशाख १६, कोरिया प्रायद्धीपमा अमेरिकाले गरिरहेको उत्तेजनात्मक गतिबिधि रोक्नलाई रुस र चीन दुवैले तत्काल बन्द गर्न चेतावनी दिएका छन् । हिजो बसेको सयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको विशेष बैठकमा दुवै देशका प्रतिनिधिले अमेरिकाले चाल्ने गलत कदमको परिणाम भयानक हुने बताएका छन् । रुसी सहायक विदेशमन्त्री गेनी गिलेताव ले सयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा अमेरिका र उत्तर […]

संकटमा माके, एक दर्जन केन्द्रीय सदस्यले माकेबाट बिद्रोह गरे

काठमाडौं: वैशाख १५, स्थानीय चुनाव गरेर देशलाई प्रतिक्रान्तिको दलदलमा फर्काउन नाईटो देखिको बल लगाउँदै कस्सिएको माओवादी केन्द्रमा फेरी ठुलो बिद्रोह भएको अनलाईन डबलीले जनाएको छ । सल्यानमा अन्यायपूर्ण तरिकाले स्थानीय चुनावको उम्मेदवारी दिन क्रम नरोकिएपछि विद्रोह भएको सो अनलाईनले जनाएको छ । बिद्रोह गर्नेमा मानबहादुर ओली, हरिलाल डाँगी, टिकाराम ओली, टंकप्रसाद शर्मासहित एक दर्जन केन्द्रीय […]

माओवादी केन्द्र परित्याग गरि नेकपामा प्रवेश

धनकुटाः वैशाख १५, प्रचण्ड नेतृत्वको माओवादी केन्द्र परित्याग गरि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । यस अगि पनि माओवादी केन्द्र परित्याग गरि नेकपामा प्रवेश गरेको थियो । धनकुटा जिल्ला नगर समितिमा भएका मान बा.तामाङ, मोङगल सिंह तामाङ, दुर्गा बहादुर तामाङ लगायतका नेता तथा कार्यकर्ता माके परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका […]

नेपाल कम्युनिस्ट पार्टीको एक मुक्का मै चितवनका सबै स्थानीय निकाय कब्जा

चितवन: बैशाख १५, नेपाल कम्युनिस्ट पार्टीले एक मुक्का मै चितवनका सबै स्थानीय निकायहरु कब्जामा लिएको नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला समितिले बताएको छ । नेपाल कम्युनिस्ट पार्टीले एकै रातमा सबै स्थानीय निकायका बोर्डहरु फालेको छ । महानगर,नगर र गाउँपालिकाका साथै सबै वडाका साइनबोर्डको ठाउँमा जनपरिषद् लेखेको बताईएको छ । नेपाल कम्युनिस्ट पार्टीले समाजवाद स्थापना गर्ने […]

बैज्ञानिक समाजवाद ल्याइ छाड्छौ, त्यो नसके क्रान्ति थेग्न सक्षम छौ : विप्लव

काठमाडौं: बैशाख १३, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले प्रतिक्रियावादी राज्य सत्तालाइ ध्वस्त पारेर नेपालमा बैज्ञानिक समाजवाद स्थापना गरि छाड्ने बताएका छन् । बुधबार नेपाल कम्युनिस्ट पार्टीले राजधानीको नाचघर जमलमा जनवादी कलाकारहरुलाइ सम्बोधन गर्ने कार्यक्रममा बोल्दै महासचिव विप्लवले भने हामी नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर बैज्ञानिक समाजवाद ल्याइ छाड्छौ । त्यती गर्न नसके […]

जनता पक्षमा काम गर्दै आएका ५ जना जनवादी कलाकारहरु सम्मानित : फोटो सहित

काठमाडौं: बैशाख १२, नेपाल कम्युनिस्ट पार्टीले बुधवार जनताका पक्षमा गाएर समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका खेलेका अग्रज जनवादी कलाकारहरुलाई सम्मान गरेको छ । विभिन्न पार्टीमा आस्था राख्ने भएपनि समाज परिवर्तन गर्न क्रान्तिकारी गीत संगीतको माध्यमबाट ठूलो भूमिका पूरा गरेको भन्दै पूराना जनवादी कलाकारहरुलाई पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टी केन्द्रीय समितिका तार्फबाट सम्मान गरेका छन् […]

युवाहरुको कडा बिज्ञप्ती, लामालाइ रिहा नगरे संघर्षमा जाने

काठमाडौं: बैशाख १३, नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय युवा जनस्वयंसेवक केन्द्रीय समितिले गिरफ्तार गरिएका राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रीय सदस्य सुरेश लामालाई तुरुन्त रिहाइ गर्न माग गरेको छ । विज्ञप्तीमा शान्तिपुर्ण हिँडडुल गर्न पाउने, संघ संगठनमा आवद्ध हुन पाउने नैसर्गिक हक अधिकारको ठाडो उल्लंघन गर्दै सोमबार लगनखेलबाट गिरफ्तार गरि लामालाई चरम यातना साथ प्रहरीको हिरासतमा राखेको […]