नेपालकै सुरक्षित मानिने राजधानी काठमाडौंमा बम बिस्फोट

काठमाडौं: बैशाख २५, सोमबार विहान काठमाडौंमा शक्तिशाली बम विष्फोट भएको छ । सो बिस्फोट काठमाडौंको चत्रपथबाट ५ किलोमिटर उत्तरमा पर्ने बुढानिलकण्ठ – ८, हात्तिगौडास्थित शिवपुरी मिनरल वाटर इन्ड्रष्टिजमा भएको बताईएको छ । घटनाको जिम्मा भने कसैले लिएको छैन । स्थानीय चुनाव नजिकिदै गर्दा उम्मेदारहरुको गाडिमा आगजनी, बम बिस्फोट हुने क्रम बढ्दै गएको छ ।   […]

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य गुरुङ बिना कारण पक्राउ

काठमाडौं:  बैशाख २४, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनगणतान्त्रिक सम्पर्क मंचका सेक्रेटरी मकर गुरुङलाई प्रहरीले बिना कारण पक्राउ गरेको छ । आज उहाँलाइ पुतलि सडकमा हिडरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता माथि प्रहरीले देशव्यापी रुपमा धरपकड बढाएको छ । त्यस्तै आज महासचिव विप्लवले बिज्ञप्ती जारी गरेर गिरफ्तार नेता […]

क्रान्तिकारी ध्रुवीकरणको केन्द्र बन्दै नेपाल कम्युनिस्ट पार्टी, ठूलो समुह नेकपामा ध्रुवीकृत

काडमाडौंः बैशाख २४, स्थानीय चुनावको मिति नजिकिइरहेको बेला ठूलो समुह नेकपामा धुर्विकृत भएको छ । नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य सदस्य श्यामबहादुर बोहरा ‘अटल’, केन्द्रीय सदस्य देवेन्द्र पौडेल ‘प्रताप’ ले सोपार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा धुर्विकृत भएका छन् । त्यस्तै क्रान्तिकारी धुर्विकरणमा माओवादी केन्द्र निकट लेखक संघका बरिष्ठ उपाध्यक्ष यज्ञबहादुर डाँगी पनि सहभागि भएका छन् […]

कार्यकर्ताहरुलाई प्रतिरोधमा उत्रन विप्लवको निर्देशन, अप्रिय परिणामको जवाफदेही प्रचण्ड सरकार

काठमाडौंः बैशाख २४, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आइतबार मध्यान्ह एक प्रेस वक्तव्य जारी गर्दै प्रचण्ड सरकारले आफ्ना २ जना केन्द्रीयस्तरका नेता सहित १५० जना कार्यकर्ता गिरफ्तार गरेको बताउनु भएको छ । उहाँले गिरफ्तार गरिएका नेता–कार्यकर्ताको अविलम्व रिहा गर्न माग गर्दै दलाल संसदीय सत्ताको विरुद्ध प्रतिरोधमा उत्रन आमजनता र पार्टी पङ्तीलाई अपील समेत गर्नुभएको छ […]

दमनमा उत्रियो सरकार धादिङमा १२ जना बिना कारण पक्राउ

धादिङ: बैशाख २३, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १२ जना कार्यकर्तालाइ विना कारण प्रहरी पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई प्रहरी चौकी जोगिमाराको राखिएको छ । चुनाव नजिकिदै गर्दा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाइ बिना कारण धरपकड बढाएको छ । नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनाव खारेजी गर्ने रणनीति अपनाएको छ । त्स्तै चितवनबाट […]

देशैभरी उम्मेदारहरुको गाडिमा आगजनी, चितवनमा बम

चितवन: २३ वैशाख,  भरतपुर महानगरपालिका स्थित स्याउलीबजारमा आज बिहान पेट्रोल बम भेटिएको छ । चितवनको स्याउलीबजारमा हेमराज पौडेलका घरबाट दुई सय मि अगाडि बम भेटिएको छ । सो बम प्रहरीले निष्क्रिय गरेको चितवनले जनाएको छ । महानगरपालिका प्रमुखको उम्मेदवार प्रचण्ड पुत्री रेणु दाहालको मामा पौडेलका घरमा रोकिराखिएको बा ११ च ९०३० नंको गाडीसमेत तोडफोड गरिएको छ […]

कालिकोटमा प्रतिरोधको पुनरावृत, १ किलोमिटर सम्म लखेटिए प्रहरी

कालिकोट: २३, बैशाख, कालिकोटमा जनयुद्धको झल्को दिनेगरि जनताले स्थानीय निर्वाचनको शुरक्षामा खटिएका १५० बढी प्रहरी, शसस्त्र प्रहरीलाइ १ किलो मिटर टाढा लखेटि दिएका छन् । १५० जना संख्यामा रहेको सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीको सयुक्त टोलिले गाउँमा घेरा हालेर जबर्जस्त स्थानीय जनतालाई भोट हाल्न भनेर धम्याउन थालेपछि जनताले प्रतिरोध गरेका थिए । प्रहरी […]

राजधानी मै नगरपालिका उम्मेदार हरुको घरमा कालो झण्डा

काठमाडौं: २२ बैशाख, नेपाल कम्युनिष्ट पार्टीले चुनाव खारेज अभियानलाई देशव्यापीरुपमा तीब्र पारेको छ । राजधानीमै नेपाल कम्युनिष्ट पार्टीले चन्द्रागिरी नगरपालिका मेयर उम्मेद्वारका घरमा कालो झण्डा गाडेको छ । चन्द्रागिरी नगरपालिकाबाट मेयरका उमेद्वारी दिएका कृष्ण महर्जन ,माओवादी केन्द्रबाट उपमेयरमा उठेकी उर्मिला रोक्का , नेपाली कांग्रेसबाट मेयरमा उठेका घनश्याम गिरि ,राष्ट्रिय प्रजातन्त्र पार्टी बाट मेयरमा उठेका मदन […]

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को अर्को भीषण हमला

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले अर्को भीषण हमला गरेको छ । पिपुल्स लिबरेसन गुरिल्ला आर्मिको एम्बुसमा परेर महाराष्ट्रको गाडचिरोली क्षेत्रमा अर्धसैनिक बल कमान्डो(६०) का १५ भन्दा बढी जवान गम्भीर रूपमा घाइते भएको र १ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ४८ घण्टामा तीनओटा भिडन्तहरू भएको बताईएको छ । घाइते र मृत्यु हुनेहरूको संख्या […]

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेता महर्जन पक्राउ

काठमाडौं बैशाख २१, चुनावखारेजी अभियानमा लागेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु देशका विभिन्न स्थानबाट पक्राउ परेका छन् । कीर्तिपुर नयाँ बजारमा हिँडिरहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य नारायण महर्जनलाई प्रहरीले बिनाकारण गिरफ्तार गरि महानगरीय प्रहरी वृत्त टेकुमा राखेको छ ।