मतदान केन्द्रमा मतपेटिका ध्वस्त प्रहरी बेखबर

रोल्पा: असार १४, रोल्पा नगरपालिका वडा नं १० भनभने मतदान केन्द्रमा आगजनीबाट मतपेटिका जलेर ध्वस्त भएको अन्नपुर्ण पोष्टले जनाएको छ । मतपत्रबाटै आगो उठाएर खारेजीको नयाँ तरिका प्रयोग भएकाको बताईएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन खारेजी गर्न केही कार्यकर्तालाई मतदान केन्द्रसम्म पठाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । मतपेटिकामा आगजनी […]

कञ्चनपुरमा बुथ नजिक्कै शक्तिशाली बम बिस्फोट मतदाताको भागाभाग

महेन्द्रनगर: असार १४,  कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको बजार क्षेत्रमै शक्तिशाली बम विष्फोट भएको छ। महेन्द्रनगर बजार नजिकैको भृकुटी उमावि मतदान स्थल नजिकै बम विष्फोट भएको बताईएको छ । बम बिस्फोट भएपछि मतदाताहरुको भागाभाग भएको थियो । मतदाताहरु मतदान केन्द्रमा लाईनमा रहेर मतदान गरिरहेकै वेला ५० मिटरको फरकमा राखिएको बम विष्फोट भएको बिभिन्न समाचार माध्यमहरुले जनाएका छन् । […]

प्रचण्डको चुनाबी सभामा बम भेटिएपछि भागदौड मच्चियो

काठमाडौं, असार १०ः माओवादी केन्द्रको चुनावी सभा स्थल नजिकै बम फेला परेपछि भागडौंड मच्चिएको छ । मोरङको पत्थरी नगरपालिकाको बजारमा भएको चुनावी सभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्वोधन गर्ने कार्यक्रम रहेको थियो । बम फेला परेसँगै सेनाको बम डिस्पोजल टोली घटना स्थल तर्फ लागेको खबर छ । प्रचण्डको चुनावी सभालाई लक्षित गरेर सो बम राखे […]

यसकारण नेपाल कम्युनिस्ट पार्टीले पाण्डेको ट्रिपरमा आगजनी गर्यो

काठमाडौं: असार १०ः बारा, सिमरा उपमहा नगर पालिकास्थित थापा चोकमा पूर्व मन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्शनको बा १ ख ७१३४ नं ट्रिपरमा नेपाल कम्युनिस्ट पार्टीले आगजनी गरेको छ । उक्त कन्स्ट्रक्शनले निर्माण व्यावसाय संघको ठूलो रकम हिनामिना गरेको कारण कारवाही स्वरुप ट्रिपरमा आगजनी गरेको नेकपा बाराले जनाएको छ ।             […]

१२ गते नेपाल कम्युनिस्ट पार्टीले भारतीय दुतावासमा विरोधपत्र बुझाउने

काठमाडौं: असार ९ः नेपाल कम्युनिस्ट पार्टीले औपचारिक रुपले नै दार्जलिङ खरसाङ, कालेबुङ, मिरिक लगायतमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन गर्ने भएको छ । दार्जलिङमा भएको नेपाली भाषीमाथीको दमनको निन्दा गर्दै त्यस विरुद्ध प्रदर्शन गर्ने सो पार्टीले जनाएको छ । असार १२ गते २ बजे शान्तिवाटीकाबाट जुलुश शुरु भएर भारतीय दुतावासमा पुगेर भारतीय दुतावास मार्फत भारत सरकारलाई […]

सुराकी गरेर नेकपाका कार्यकर्तालाई पक्राउ गराउने थिङ जनकारवाहीमा परे

रौतहट, नेपाल कम्युनिस्ट पार्टी रौतहट जिल्लाले प्रहरीलाई सुराकी गरेर नेकपाका कार्यकर्तालाई पक्राउ गराउने चन्द्रपुर नगरपालीका वडा नम्बर २ हिलेखोलाका मानध्वज थिङ खाइवामाथि भौतिक कार्वाही गरेको छ । नेकपा रौतहटका जिल्ला जनसरकार रौतहटका प्रमुख रामलाल रायले जुटबेलाको लालभित्ते सामुदायीक वनका अध्यक्ष मान्ध्वजले भ्रष्टाचार गरेको र पार्टीका कार्यकर्तालाई सुराकी गरि पक्राउ गरनएको कारण पार्टीले भौतिक कार्वाही गरेको […]

ठेकेदार इन्द्रबहादुर ऐरले दार्चुला सेक्रेटरीलाई षड्यन्त्र गरेर पक्राउ गराए

बैतडी: असार ७, नेपाल कम्युनिस्ट पार्टीका दार्चुला जिल्ला सेक्रेटरी रमेश नेपाली ‘जीवन’ लाई ठेकेदार इन्द्रबहादुर ऐरले बैतडीको सतवाजमा बोलाएर गिरफ्तार गराएका छन् । कामदार(कर्मचारीलाई दुःख दिने गरेको, समयमा पारिश्रमिक नदिने र विभिन्न बहाना बनाएर काममा अबरोध गर्ने र त्यसको दोष कामदार(कर्मचारीहरुलाई दिने गरेको भन्दै पीडितहरुले निवेदन दिएपछि छलफल गर्न ठेकेदार ऐरसँग सम्पर्क गरेको नेकपा दार्चुलाले […]

प्रधान सेनापति क्षत्रीको देउवालाई कडा चेतावनी

काठमाडौं: असार ६, तराई मधेसमा विखण्डनकारीका गतिविधि बढेको भन्दै नेपाली सेनाले राजनीतिक रूपमा समस्याको समाधान नभए सक्रिय हुने चेतावनी दिएको छ । राजपाले चलाइरहेको आन्दोलनमा सीके राउतका कार्यकर्ताको सहभागिता, तराईमा महन्थ ठाकुर र सीके राउत मिलेर विखण्डनको आवाजलाई बलियो बनाउन लागेको रिपोर्ट सेनाको गुप्तचर टोलीबाट पाएपछि प्रधानसेनापति राजेन्द्र क्षत्रीले राजनीतिका नाममा विखण्डनका गतिविधिलाई प्रश्रय दिन नसकिने […]

धनकुटा जिल्ला ईन्चार्ज गौतम र नगर सेक्रेटरी बिना कारण पक्राउ

काठमाडौं: असार ७, नेपाल कम्युनिस्ट पार्टीका धनकुटा इन्चार्ज माधव गौतम ‘आकाश’ र धनकुटा नगर सेक्रेटरी राजन अधिकारीलाई प्रहरीले बिना कारण पक्राउ गरेको छ । नेकपा कोशी ब्यूरो इन्चार्ज नविनले सो घट्नाको पुष्टि गर्नु भएको छ । चुनावको विरुद्धमा विज्ञप्ति जारी गरेको केही घण्टामै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पछिल्लो समय प्रहरीले नेकपाका शान्तिपुर्ण कार्यक्रममा […]

बम बिस्फोटमा परि ९ जना घाईते ४ जनाको अवस्था गम्भीर

कविलवस्तु: असार ५, कविलवस्तु, बाणगंगा – ४, गजेहडामा बम बिस्फोटमा परि ९ जना गम्भीर घाइते भएका छन् भने चार जनाको अवस्था गम्भीर रहेको बताईएको छ । गम्भीर घाइते हुनेमा विजय थारु, साहबुद्दिन मनिहार र शेषराम गुप्ता र लालबहादुर थारु छन् । विष्फोटमा घाइते भएका अधिकांश कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता छन् । घाइतेहरुलाई उद्दार गरेर […]