नेकपाका तीन जना कार्यकर्ता १३ महिनापछि रिहा

असार ३०,काभ्रे जिल्लामा झुठा मुद्दामा फसाएर जेलमा राखिएका नेपाल कम्युनिस्ट पार्टीका तीन जना कार्यकर्ता १३ महिनापछि हिजो रिहा भएका छन् । रिहा हुनेहरुमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता लक्ष्मण श्रेष्ठ, गोपाल श्रेष्ठ र लनम लामा रहेका छन् । उनीहरुलाई बोद्धिचित्त माला कारोबारबारे झुठा अभियोग लगाई घरबाटै गिरफ्तार गरी अनुसन्धानका लागि धुलिखेल प्रशासनले जेल हालेको थियो । […]

जुम्ला–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्च गठन

काठमाडौं: असार २६, जुम्ला–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको १५ सदस्यीय कार्य समिति गठन भएको छ । संगठनका केन्द्रीय अध्यक्ष रत्न मगरकोे प्रमुख आतिथ्यमा सम्पन्न सो भेलाले अशोक ओडकोे अध्यक्षता ६ पद रिक्तरहने गरी १५ सदस्यीय कार्य समिति गठन गरेको हो । समितिका अन्य सदस्यहरुमा उपाध्यक्षमा पूर्ण विक, सचिव विपिन सुनार, सहसचिव किशोर विक, कोषाध्यक्ष सविना बड […]

२५ सदस्यीय कालीकोट–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्च गठन

काठमाडौं: असार २६, नेपाल कम्युनिस्ट पार्टी निकट कालीकोट काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चको भेला सम्पन्न भएको छ । प्रेमबहादुर विकको अध्यक्षतामा २५ सदस्यीय कालीकोट–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्च गठन गरेको छ । अन्य सदस्यहरुमा उपाध्यक्षद्वय, सचिव, सह–सचिव, कोषाध्याक्ष र सदस्यहरु क्रमशः अजित विक, बुद्धि विक, छत्रबहादुर विक, जय विक, गोगन विक, जितबहादुर विक र खगेन्द्र टमाटा छन् […]

लुट मच्चाउदै आएका कलेजमाथि अनेरास्ववियु क्रान्तिकारीले कारवाही शुरु ग¥यो

शिक्षाका नाममा लुट मच्चाइरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीले उपत्यकाका तीन बिद्यालयको बस तोडफोड गरेको छ । उसले निजी विद्यालयमा अभिभावकको क्षमता भन्दा बढी शुल्क लिएको भन्दै शुक्रबार बिहान तीन विद्यालयको बस तोडफोड गरेको हो । शिक्षा क्षेत्रमा भएको दलालीकरण र व्यापारिकरण अन्त्यका लागि गरिएको आन्दोलनका क्रममा पाठासाला स्कुल, टिरिनिटी र युरोकिड्स स्कुलका […]

२७ गते नेपाल बन्द

काठमाडौं: असार २१, लोकतन्त्रको नाममा निरंकुशता, दलाली र राष्ट्रघात गर्दै आएको दाहाल–देउवा सरकारले नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेल, सन्तकुमार लिम्बुलगायत सयौंलाई रिहा गर्नुको सट्टा झुठ्ठा मुद्दा लगाएर फसाउने धृष्टता गरिरहेको छ । मोरङकी महिला नेतृ इन्दिरा मिश्र ‘रचना’ लाई चरम यातना दिएर झुठ्ठा मुद्धामा हस्ताक्षर गर्न दबाव दिइरहेको छ । देउवा–प्रचण्ड सरकारको ज्यादती विरुद्ध नेकपाले […]

एमाले नेता राजेन्द्र पाण्डेको अस्पतालले मिर्गौला तस्करी गर्दै आएको खुलासा

काठमाडौं: असार २१ नेकपा एमालेका नेता तथा सभासद राजेन्द्र पाण्डेलगायतको लगानी रहेको काठमाडौं, सोह्रखुट्टेस्थित मनमोहन मेमोरियल अस्पताल मिर्गौला तस्करीमा संलग्न रहेको रहस्योद्घाटन भएको छ । नुवाकोट, विदुर–१२ का शिवप्रसाद रिमालको पत्थरी शल्यक्रिया गर्ने क्रममा तस्करी गर्ने नियतले विरामीको मिर्गौला नै निकालिएको हो । सल्यक्रिया गरेको स्थानबाट अत्यधिक रक्तश्राव भएर विरामीको अवस्था गम्भीर भएपछि अस्पतालले हतारहतार […]

माफियाको कब्जामा काठमाडौँ

काठमाडौं: असार २१, बाहिरबाट हेर्दा नेपालमा विरोधी शासन, कानुनको राज, लोकतन्त्र, प्रेस स्वतन्त्रता सबैथोक छ । समाज सरल ढंगले चलिरहेझैँ लाग्छ तर गहिरिएर हेर्दा समाज व्यवस्थाको भित्री जीवन अर्कै छ । चिन्तन, शैली र व्यवहार अर्कै छ । औपचारिक अर्थमा कानुन, व्यवस्थामा एउटा छस वास्तविका जीवन अर्कै ढंगले चलिरहेको छ । ‘रेड एरिया’ को रात्री […]

चर्किदै साउथ चाइना सि विवाद, चीनको नियन्त्रणमा अमेरिकी युद्ध विमान

काठमाडौं : दक्षिण चीन सागर क्षेत्रमा अमेरिकी युद्धपोत पुगेपछि चीनले साे युद्ध पाेतलाई आफ्नो नियन्त्रणमा लिएको छ । विवादीत टापुभन्दा २२ किलोमिटर नजिक दक्षिण चीन सागरमा युएसएस स्टेम नामक युद्धपोत पुगेपछि त्यसलाई नियन्त्रणमा लिएको हो । उक्त विषयलाई लिएरर कडा प्रतिकृया दिदै चिनियाँ विदेश मन्त्रालयले यो चीनको सार्वभौमिकताको उलंघन भएको भन्दै आपत्ति जनाएको छ । […]

८४ बिघा जग्गा नेपाल कम्युनिस्ट पार्टीको कब्जामा

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी, चितवनले हिजो बिहान ९ः०० बजे खैरहनी न.पा. स्थित साविक कुमरोजमा पर्ने गोपाल राजभण्डारीको नाममा रहेको ८४ बिघा जग्गामा पार्टीको झण्डा र व्यानर गाडेर कब्जा गरेको चितवन जिल्ला इन्चार्ज लालबहादुर जिसीले प्रेस वक्तव्यमार्फत जानकारी दिएका छ्न। विगतदेखि वर्तमानसम्म निरन्तर जग्गा कब्जामा रहेको र केही भ्रष्ट र भू–माफिया र तिनका मतिहार हरुले किनबेच […]

नेकपा केन्द्रीय सदस्य चन्द्रबहादुर खड्कासहित ११ जना नेताहरु रिहा

काठमाडौं: असार १७, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरु केशबहादुर बाठा ‘सुभास’ र चन्द्रबहादुर खड्कासहित ११ जना बन्दीहरु भर्खरै प्युठान सदरमुकाम खलङ्गाबाट रिहा भएका छन् । उहाँहरुको स्वागतार्थ स्थानीयको ठूलो उपस्थिति थियो । उपस्थित कार्यकर्ता र जनताले नेताहरुलाई नारा–जुलुशसहित गन्तव्यतिर लगिरहेका छन् ।                           […]