भ्रष्टहरुलाई भकाभक कालोमोसो दल्दै नेकपा

काठमाडौंः असोज २, नेत्र विक्रम चन्द विप्लव  नेतृत्वको कम्युनिष्ट पार्टीले सिदार्थनगर नगरपालिका भैरहवाका ईन्जिनियर शैलेन्द्र श्रेष्ठलाई अाज उनकै कार्यकक्षमा भष्ट्रचार तथा अनियमितता गरेको आरोपमा कालोमोसो दलेको छ । स्थानीय जनताको व्यापक गुनासो र उजुरी आएपछि कारवाही गरिएको जनपरिषद्द्वारा वितरित पर्चामा भनिएको छ । कालोमोसो दलेपछि श्रेष्ठ विरुद्ध नाराबाजी गर्दै जनपरिषद्का कार्यकर्ता बाहिरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।  […]

भ्रष्ट चुडामणि शर्माको घरमा बम विस्फोट

काठमाडौं ः असोज २, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारी प्रमाणित गरेका निलम्बित आन्तरिक राजस्व विभागका महानिर्देशक तथा कर फछ्र्यौट आयोगका सदस्यसचिव चुडामणि शर्माको घरमा विस्फोट भएको छ । बूढानिलकण्ठमा रहेको घरमा गएराति परिचय नखुलेको समूहले विस्फोटक पदार्थ पड्काएको प्रहरीले जनाएको छ । विस्फोटबाट घरको गेटमा सामान्य आगलागी भएको बूढानिलकण्ठ प्रभागका प्रहरी नायब निरीक्षक सुमन बानियाँले […]

आफ्ना कार्यकर्ता विना शर्त नछोडे चर्को मूल्य चुकाउनु पर्ने नेता पौडेलको चेतावनी

काठमाडौं : असोज २, नेपाल कम्युनिस्ट पार्टी, जनकपुर ब्युरोले आफ्ना कार्यकर्ता गिरफ्तारीको विरुद्ध सरकारको भत्र्सना गरेको छ । आइतबार साँझ सो पार्टीका जनकपुर ब्युरो इन्चार्ज सन्देशले वक्तव्य जारी गर्दै आफ्ना कार्यकर्ता विनाशर्त नछोडे दलाल सरकारले चर्को मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । वक्तव्यको पूर्णपाठ– नेपाल कम्युनिस्ट पार्टीले दलाल संसदीय व्यवस्थाको स्थानीय तहको चुनाव खारेजी अभियान […]

भ्रष्ट इन्जिनियरलाई कालोमोसो र जुताको माला

चितवन: असोज !, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुगांनामाथि माथि कालोमोसो दलेका छन् । जनकारबाही तिब्र बनाएको बताउने विप्लव पार्टी कार्यकर्ताले रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुगांनामाथि कालोमोसो दलेका हुन् । आइतबार बिहान आफ्नै कार्यकक्षमा रहेका ढुंगानामाथि विप्लव कार्यकर्ताले मोविल खन्याएका हुन् । ढुंगानाले भ्रष्टाचार गरेकाले कारबाही गरिएको […]

ठूलो दल बलकासाथ थवाङ पुगेका प्रचण्ड यसरी विप्लव विरुद्ध खनिए

रोल्पाः भदौ ३१, हजारौँ शुरक्षाकर्मी र हवाईगस्तीका साथ रोल्पा थवाङ पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव विरुद्ध खनिएका छन् । उनको रोल्पा भ्रमणको पुर्व सन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीले माओवादी केन्द्र थवाङ गाउँपालिकाका अध्यक्ष बीरबहादुर घर्तीलाई अपहरण गरेको प्रशंगमा बोल्दै प्रचण्डले भने बीरबहादुर जीको अपहरण थवाङ अपहरण हो । जनताको नाममा यसरी […]

नेकपा केन्द्रीय सदस्य देबनारायण शाह गिरफ्तार

काठमाडौंः भदौ ३१, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देबनारायण शाहलाई शुक्रबार धनुषा प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी नेकपा, महोत्तरीका जिल्ला नेता तथा जनसरकार प्रमुख बशिष्ट मिश्रलाई पनि महोत्तरीबाट पक्राउ गरिएको छ । नेकपा, पूर्वी कमाण्डका इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनले सो गिरफ्तारीको निन्दा गर्दै तत्काल रिहा नगरे प्रतिरोधमा उत्रने चेतावनी दिनुभएको छ । शनिबार विज्ञप्ति […]

नेपाल कम्युनिस्ट पार्टी नवलपरासी जिल्ला सेक्रेटरी बिना कारण पक्राउ

काठमाडौः भदौ ३१,नेपाल कम्युनिस्ट पार्टीका नवलपरासी जिल्ला सेक्रेटरी मङलसेनलाई प्रहरिले घरमा सुतिरहेका बेला विना कारण गिरफ्तार गरेको छ । मध्यराति ३ बजे घरमा सुतिरहेको बेला उनकै घरमा आएर प्रहरीले सेक्रेटरी मङलसेनलाई घरमा छापा मामारेरनियन्त्रणमा लिएको बुझिएको छ । त्यस्तै सोही जिल्लाका सदस्य पृथ्वीलार्इ पनि प्रहरीले गिरफ्तार गरेको छ । नवलपरासी इन्चार्ज पदम केसी जुझारूले उनीहरूलार्इ […]

घरमै बसि सरकारी तलब खानेलाई कालोमोसो

नुवाकोटः भदौ३०, अखिल क्रान्तिकारीले जिल्ला दुप्चेश्‍वर गाउँपालिकास्थित इन्द्रेणी प्रावि घ्याङफेदि(६ सिसिपुका शिक्षक रामकृष्ण श्रेष्ठलाई कालोमोसो दलेको छ । विद्यालयमा नगई घरमै बसेर तलव र अन्य सुविधा खाएर राज्य कोषको दुरुपयोग गरेको, चेलीबेटी बेचबिखनमा संलग्‍न रहेकोले चेतावनी स्वरुप कालोमोसो दलेको अखिल क्रान्तिकारी नुवाकोटले बताएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले शिक्षक श्रेष्ठलाई बजारमै कालोमोसो दलेको […]

नेकपाका कार्यकर्तामाथि प्रहरीको व्यापक धरपकड

विरगञ्जः भदौ ३०, प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तामाथि अनाआवश्यक धरपकड बढाएको छ । सर्लाही, बागमती नगरपालिका शंकरपुर निवासी मोहन सहनीलाई सर्लाही प्रहरीले बुधबार राती २ बजे घरबाट बिना कारण गिरफ्तार गरेको छ । उनी नेकपा निकट सुकुमबासी संगठनका केन्द्रीय उपाध्यक्षसमेत हुन् । त्यस्तै सोही स्थानबाट स्थानीय कार्यकर्ता रामबहादुर खत्रीलाई पनि गिरफ्तार गरिएको छ […]

अज्ञात समुहको अपहरणमा परे थवाङ गाँउपालिका अध्यक्ष घर्ती

रोल्पाः भदौ ३०, नेकपा माओवादी केन्द्रका रोल्पा थवाङ गाउँपालिकाका अध्यक्ष विर बहादुर घर्ती अपहरणमा परेका छन् । उनीलाई बिहीबार राती थवाङ–२ बाट अज्ञात समुहले बोलाएर लगेको जिल्ला प्रहरी कार्याल रोल्पाका डिएसपी विरेन्द्र थापाले जानकारी दिएका छन् । थवाङ–२ बाट उँहालाई राती दुईबजे अज्ञात समुहले लगेको खुल्न आएको छ’ डिएसपी थापाले भने, ‘घट्नास्थबाट चौकी दुई घण्टा […]